समाचार

प्रहरीले आन्दोलनकारीको साढे ३ तोलाको सिक्री लुटे

प्रहरीले आन्दोलनकारीको सिक्री लुटेको प्रमाण हामीसँग छ: स्थानियकाठमाडौं– गएको बिहीबार दिउँसो बौद्धमा प्रदर्शनमा उत्रिएका एक स्थानीयबासीको सिक्री लुटेको आरोप प्रहरीमाथि लागेको छ । बिहीबार चाबहिल‍-जोरपाटी सडक पिचमा ढिलाइ भएपछि त्यहाका स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए ।प्रदर्शनमा उत्रिएका स्थानीयबासीलाई प्रहरीले पक्राउ गर्दा एक स्थानीय व्यवसायीको सुनको सिक्री लुटिएको बताइएको छ । बौद्ध सडकमा उत्रिएका युवा व्यवसायी सहदेव चौलागाईंको सिक्री लुटेको आरोप प्रहरीमाथि लागेको हो ।सडक कालोपत्रे गर्न माग राख्दै बौद्ध सडकमा उत्रिएका चौलागाईंले घाँटीमा लगाइरहेको सिक्री उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले लुटेको दाबी प्रत्यक्षदर्शीले गरेका छन् । चौलागाईंको

घाँटीमा चोट पनि लागेको छ ।घाँटीमा औँलाले कोतरेको डाम बसेको तस्बिर स्थानीयले सार्वजनिक पनि गरेका छन् ।स्थानीय व्यवसायी निश्चल बाँस्कोटाले पक्राउ गर्ने क्रममा एकजना प्रहरी हवल्दारले घाँटीमा हात लगेर सिक्री तानेको तस्बिरहरु आफूहरुसँग रहेको बताएका छन्।उक्त सिक्री साढे ३ तोलाको रहेको बताइएको छ । स्थानीयबासीले खिचेका फोटो जुम गरेर हेर्दा प्रहरीको बुढी औंलाले सिक्री समातेको देखिएको छ ।गत बुधबारदेखि थालेको आन्दोलन बिहीबार सम्म चलेको थियो । सडक पुरै बन्द गरेर स्थानीय आन्दोलित भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । टायर, प्लास्टिकको फोहर र तार बालेर सडक अवरुद्ध गरेपछी प्रहरीले आन्दोलितमाथि अश्रुग्यास र लाठीचार्ज गरेपछि स्थानीयले ढुंगा र इँटा हानेका थिए।यसैक्रममा आन्दोलनकारी तर्फबाट माइकिङ गरिहेका चौलागाईंलाई आधा दर्जन भन्दा धेरै प्रहरीले घेरा हालेर समातेको थियो ।

Related Articles

Back to top button