समाचार

भारतले प*क्राउ गर्न नसकेको ह्याकरलाई नेपाल प्रहरीले प*क्राउ गरेपछि भारतले लिए चासो

काठमाडौं। चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ। उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्र हरीसँग घटनाबारे जानकारी मागेको हो। केही दिनअघि भारतीय रिजर्भ बैंकको एटिएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो। सो घटनामा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा नेपालमा एटिएमबाट रकम लुट्दै गरेका चिनियाँ नागरिक प क्राउ परेका छन्।

भारतीय रिजर्भ बैंकले चासो देखाएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। स्रोतका अनुसार भारतमा एटिएम बुथको स्विच ह्याक गर्ने कोही पनि पक्राउ परेको छैन। ‘भारतमा पनि यस्तै प्रकृतिको एटिएम ह्याक गरेका रहेछन्। उता पनि अनुसन्धान हुँदैरहेछ भारतीय प्रहरी र रिजर्भ बैंकले चासो राखेका छन्’, स्रोतले भन्यो। प्रहरीका अनुसार प क्राउ परेका चिनियाँ नागरिकको बयान लिने काम मंगलबारमात्रै सुरु हुनेछ। नागरिक दैनिकमा खबर छ ।

Related Articles

Back to top button