समाचार

‘५० लाख दिनुहोस म ओलीलाई मारिदिन्छु भन्ने व्यक्तिलाई कारबाहीको माग

‘५० लाख दिनुहोस म ओलीलाई मारिदिन्छु’ भन्ने व्यक्तिलाई कारबाहीको मागकाठमाडौं। आफुलाई भाइ भन्न खोजाउने प्रधानमन्त्री ओलीलाई मार्ने धम्की दिने को हुन् यी सलिम योञ्जन तामाङ?सामाजिक संजालमा हामीलाई बोल्ने र दुख पोख्ने पूर्ण आजादी छ तर रिसमा हामी कहिलेकाँही यत्तिसम्म आवेगमा आउँछौं कि त्यसको फाइदा बेफाइदासम्म न बुझिकिन हदैपार गरी लेख्ने गर्छौं । हामीले कहिलेकाँही विदेशी समाचारहरुमा वा नेपालकौ नै होस् नकारात्मक टिप्पणी गरिरहेका हुन्छौं । यही हामी कुनै पनि विदेशी व्यक्ति वा संस्थाको पेजमा गएर नेपालका बारेमा नकारात्मक टिप्पणी गर्छौ भने त्यो हेर्ने नेपालीहरु मात्रै हुन्छन् भन्ने हुँदैन ।कहिलेकाँही त्यस्तो देख्नमा आएको हुन्छ कि केही व्यक्तिहरुले रिसको झोकमा नेपालका बारेमा नकारात्मक टिप्पणी गर्छन । त्यसमा जवाफको रुपमा फेरि अन्य व्यक्तिहरुले पनि नकारात्मक टिप्पणी गर्ने गर्छन । अहिले ज्वाला संग्रौलाको नाम पनि यस्ता व्यक्तिहरुको

सुचिमा राखिएको छ । उनले हालै मात्रै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबारे गलत्त टिप्पणी गरेकी थिईन् । उनको त्यो कुरा अहिले पनि भाइरल भइरहेको छ ।उनले राष्टपतिबारे गरेको टिप्पणी यस्तो छः केहि सुकुलगुण्डाहरुले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा आपत्ती छैन भन्दै अरु देशको प्रोटोकलको उदाहरण दिएछन् । अहिले अर्को एक तस्वीर भाइरल भएको छ जसमा एक जना व्यक्तिले आफुलाई कसैले ५० लाख दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बताएका छन् ।एक भारतीय समाचारमा प्रतिकृया दिने क्रममा सलिम योञ्जन तामाङ–भाई नाम भएका व्यक्तिले यस्तो अभद्र टिप्पणी गरेका छन् । यस्ता व्यक्तिहरुको खोजि गरेर कानुनी दायरामा ल्याउनुपर्ने नेकपा युवा तथा खेलकुद बिभाग केन्द्रिय सदस्य मीना श्रेष्ठको बुझाई रहेको छ । अन्त्यमा हाम्रो अनुरोधः विरोध गर्न पाइन्छ तर सभ्यता जरुरी छ । राजनीतिक आस्था जुन भएपनि देश र जनतासँग जोडिएका व्यक्तिको अपमान गर्नु हुँदैन, त्यो गर्नु भनेको देशको अपमान हो ।

Related Articles

Back to top button