भिडियो

पुडासैनीले जस्तै कमेडियन सन्दिपले पनि मोबाइलमा रेकर्ड गरेर देहत्याग गर्न खोजे

पुडासैनीले जस्तै कमेडियन सन्दिपले पनि मोबाइलमा रेकर्ड गरेर देहत्याग गर्न खोजेपछि (भिडियो
Published

ट्रकको ठक्करबाट चितवनमा एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् । निधन हुनेमा चितवन इच्छाकामना गाउँपालिका–४ का २५ वर्षीय राजकुमार प्रजा रहेको छ । नारायणढबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख ५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश नं ३–००–२०० नंको मोटरसाइकललाई इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा गए राति ठक्कर दिदाँ उनको निधन भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल पछाडि बसेका प्रजाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौँ लैजाँदै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते मोटरसाइकल चालक इच्छाकामना–४ कै २१ वर्षीय लोकेन्द्र प्रजाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button