समाचार

दाइले भाइकि श्रीमती लिएर टाप ! पिडित श्रीमानद्वारा खोजिदिन अपील

उदयपुर। त्रियुगा नगरपालिका ४ बस्ने तिलक बहादुर बस्नेतकि श्रीमती बिन्दा बस्नेतलाइ आफ्नै फूपूको छाेरा दाइ नाता पर्ने राजन खड्काले भगाएर फरार रहेको हुँदा खोजी कार्य सहयोग गरिदिन हुन् श्रीमान तिलक बस्नेतले आफ्नो फेसबुकमार्फत सबैमा अपिल गरेका छन्।यस्तो छ उनको अपील:“सुचना मिति २०७५/१२/२९ गते रातको १०:३० बजे म तिलक बहादुर बस्नेत मेरो श्रीमती बिन्दा बस्नेत र फूपूको छाेरा दाइ पर्ने त्रि . न.पा. ४ मा बस्ने राजन खड्काले भगाएर लागि फरार रहेको ( नातामा जेठाजू बुहारी पर्ने भएकाे हुनाले) यि दुुबैलाइ देख्नुहुने महानुभाब आफन्त ,दाजुभाइ दिदिबहिनी हरुले फेला परेको खण्डमा समाती नजिकैको प्रहरी कार्यलयमा बुझाइ दिनुहुन आनुरोध गर्दछु |”बहिनी बलात्कार गर्ने दाजु पक्राउ दमौली : नातामा बहिनी पर्ने एक बालिकामाथि युवकले बलात्कार गरेका छन्।बलात्कार गरेको अभियोगमा घिरिङ- ४ गड्यौलीका २५ वर्षका माधव कुमाललाई प्रहरीले पक्रेको छ।उनले आफ्ना साना बालबालिकाको हेरचाहसँगै पठनपाठनका लागि भनेर १२ वर्षीया बालिकालाई घरमा राखेका थिए। नाताले बहिनी पर्ने ती बालिकामाथि कुमालले बलात्कार गरेको प्रहरीले जनाएको छ।ती बालिका स्थानीय महेन्द्रज्योती माविमा पढ्छिन्। उनी दाइका साना बालबालिकालाई सघाउन त्यहींबाटै विद्यालय जाने आउने गर्ने गरेकी थिइन्।दुई वर्षयता बस्दै आएकी उनीमाथि गत मंगलबार राति कुमालले बलात्कार हो।वैदेशिक रोजगारीका क्रममा भारत रहेका कुमाल पाँच महिनाअघि मात्र घर आएका

थिए। घटनापछि दुई दिनसम्म बालिका विद्यालय नजान नसकेपछि परिवारले खोजी गरेका थिए। उनी घटनापछि दाजुको घर छाडेर आफ्नै घर गएकी थिइन्।उनको घर र दाजु पर्नेको घर तीन मिनेटको दूरीमा छ दिनभर सुतेर विद्यालय नगएपछि सुरुमा आमाले सोध्दा बालिकाले केही नभएको बताएकी थिइन्। तेश्रो दिन विद्यालय गएर आए पनि उनी बिरामीजस्तो देखिएपछि सोध्दा आफूलाई कुमालले बलात्कार गरेको उनले
आमासँग बताएकी थिइन्।बालिकाकी आमाले घटनाबारे सोधपुछ गरेपछि कुमालले बलात्कार गरेको स्वीकारेका थिए। तर उनले घटना बाहिर लैजाँदा आफ्नो बेइज्जत हुने बरु आफू आर्थिक सहयोग गर्ने भन्दै पीडितका आफन्तलाई आश्वासन दिएका थिए।स्थानीय प्रहरी चौकीमा घटनापछि मेलमिलापका लागि छलफल समेत भएको थियो। तर बालिकाका आफन्तले घटनामा मेलमिलाप नहुने बताएपछि प्रहरीले कुमाललाई पक्रेको छ।हाल प्रहरी हिरासतमा रहेका उनीविरुद्ध बलात्कार अभियोगमा मुद्दा चलाउन म्याद लिएर प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक लिलाराज
लामिछानेले बताए। काठमाडौं– गएको बिहीबार दिउँसो बौद्धमा प्रदर्शनमा उत्रिएका एक स्थानीयबासीको सिक्री लुटेको आरोप प्रहरीमाथि लागेको छ । बिहीबार चाबहिल‍-जोरपाटी सडक पिचमा ढिलाइ भएपछि त्यहाका स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए ।प्रदर्शनमा उत्रिएका

स्थानीयबासीलाई प्रहरीले पक्राउ गर्दा एक स्थानीय व्यवसायीको सुनको सिक्री लुटिएको बताइएको छ । बौद्ध सडकमा उत्रिएका युवा व्यवसायी सहदेव चौलागाईंको सिक्री लुटेको आरोप प्रहरीमाथि लागेको हो ।सडक कालोपत्रे गर्न माग राख्दै बौद्ध सडकमा उत्रिएका चौलागाईंले घाँटीमा लगाइरहेको सिक्री उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले लुटेको दाबी प्रत्यक्षदर्शीले गरेका छन् । चौलागाईंको घाँटीमा चोट पनि लागेको छ ।घाँटीमा औँलाले कोतरेको डाम बसेको तस्बिर स्थानीयले सार्वजनिक पनि गरेका छन् ।स्थानीय व्यवसायी निश्चल बाँस्कोटाले पक्राउ गर्ने क्रममा एकजना प्रहरी हवल्दारले घाँटीमा हात लगेर सिक्री तानेको तस्बिरहरु आफूहरुसँग रहेको बताएका छन्।उक्त सिक्री साढे ३ तोलाको रहेको बताइएको छ । स्थानीयबासीले खिचेका फोटो जुम गरेर हेर्दा प्रहरीको बुढी औंलाले सिक्री समातेको देखिएको छ ।गत बुधबारदेखि थालेको आन्दोलन बिहीबार सम्म चलेको थियो । सडक पुरै बन्द गरेर स्थानीय आन्दोलित भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । टायर, प्लास्टिकको फोहर र तार बालेर सडक अवरुद्ध गरेपछी प्रहरीले आन्दोलितमाथि अश्रुग्यास र लाठीचार्ज गरेपछि स्थानीयले ढुंगा र इँटा हानेका थिए।यसैक्रममा आन्दोलनकारी तर्फबाट माइकिङ गरिहेका चौलागाईंलाई आधा दर्जन भन्दा धेरै प्रहरीले घेरा हालेर समातेको थियो ।

Related Articles

Back to top button