समाचार

लुक्लादेखि काठमाडौं को उडान भरेको सीता एयर ठुलो दूर्घटनाबाट जोगियो

काठमाडौं। सीता एयरको एक सिंगल इन्जिन जहाज बुधबार बिहान दुर्घटनाबाट जोगिएको छ । यो विमानको इन्जिन आकाशमै फेल भएपनि पाइलटको कुशलताका कारण विमान दुर्घटना हुनबाट जोगिएको हो । विमान उडाएका थिए–पाइलट भरत थापाले ।

सीता एयरको ड्रोनियर ९एन–एजेएच कलसाइन भएको विमानले एउटै इन्जिनको भरमा लुक्लादेखि काठमाडौंसम्मको उडान भरेको थियो । उडानमा चालक दलका सदस्य मात्रै रहेका थिए । थापा अनुभवी पाइलट मानिन्छन् ।

जहाज उडानकै क्रममा प्राविधिक समस्या आए पनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।

Related Articles

Back to top button