समाचार

घुस खाएर भागेका एमालेका सांसद पक्राउ

काठमाडौ,१९भदौ/
नेकपा एमाले पार्टीबाट स‌ंविधानसभा सदस्य रहेका डोलबहादुर कार्की पक्राउ परेका छन् ।
घुस लिएको अभियोगमा सर्वोच्च अदालतले ६ महिना कैद र १ लाख जरिवानाको सजाय सुनाइएका कार्कीलाई बिहीबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो ।

घुस लिएको अभियोगमा स्याङ्जाका कार्कीलाई सर्वोच्च अदालतले गत असार २४ गते जेल सजयासहित जरिवानाको फैसला गरेको थियो ।

उनलाई काठमाडौको सतुङ्गलबाट पक्राउ गरिएको व्यूरोले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध १ लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Related Articles

Back to top button