समाचार

निगमका कार्यकारी अध्यक्षलाई बर्खास्त गर्ने तयारी

काठमाडौं। १२ वर्षपछि जापानको ओसाकाका लागि साताको तीन उडान गर्ने भन्दै अत्यन्तै तामझामका साथ उडेको नेपाल एयरलाईन्सको वोईङ जहाज सातादिन नबित्दै उडानहरु धमाधम रद्द हुन थालेका छन् । व्यवस्थापकिय कमजोरी, बजारिकरण, टिकट बिक्री र एजेण्टले प्रभावकारी काम नगर्दा दोब्बर सस्तो टिकट बनाउदा पनि यात्रु नपाउदा नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान रद्द गरेको छ ।

यसले निगममा भएको वेथिती र भ्रष्टाचारलाई फेरी सतहमा ल्याइदिएको छ । निगमका प्रवक्ता गणेबहादुर चन्दले एक महिनाका लागि साताका तीन उडानमध्ये एक उडान कटौटी गरिएको र एक महिनापछि पूर्णरुपमा सञ्चालन गरिने बताएका छन् । तर, प्रवक्ता चन्दले भनेजस्तो अवस्था देखिदैन ।

आवश्यक ठोस योजनाबिना निगमको व्यवस्थापनले पाँच महिनाको तयारी भन्दै ओसाका उडान गर्दा करोडौंको घाटा व्यहोर्नुपरेको छ । काठमाडौं–ओसाका–काठमाडौं उडानको एक करोड २० लाख रुपैयाँ अनुमानित खर्च हुन्छ । अहिलेको टिकट शुल्कलाई हिसाब गर्ने हो भने त्यसलाई घटाउदा निगमले अहिले प्रति फ्लाईट ८० लाख घाटा व्यहोर्नुपर्ने देखिन्छ । त्यसो त भरातको दिल्ली उडानको हालत पनि उस्तै छ । दोब्बर सस्तो टिकट बनाउदा पनि ओसाका उडानका चार उडान रद्द भइसकेका छन् । जुन अत्यन्तै लज्जास्पद कुरा हो । जापानको ओसाको पहिलो उडानमा पर्यटन राज्यमन्त्री, सांसद र पर्यटनव्यवसायीका नाममा २० जना यात्रुले सित्तैमा जापान सयर गरेर फर्केका छन् ।

जहाजलाई भूमिस्थ घोषणा गरी सार्वजनिक खरिद ऐनविपरीत बिनाप्रतिस्पर्धा बढी मूल्य बोलकबोल गराई प्रतिघण्टा ३०० डलरको दरले कमिशन खाइरहेका छन् । लिजबाट मोटो रकम कमिशन आइरहेको कारणले बिग्रिएका दुई वटा एपियु सात महिनासम्म पनि मर्मतसम्भारमा नपठाई ह्याङगरमा थन्क्याएर राखिएको छ ।

गएको अघिल्लो मंगलबार जम्मा १७ जना यात्रु बोकेर निगमको जहाज ओसाका पुगेको थियो । त्यसपछि निगमको व्यवस्थापन पक्षको अकर्मण्यता र असक्षमता प्रदर्शन भएको थियो । महाप्रबन्धक हुँदा काम गर्न नसकेर भागेका मदन खनाल कार्यकारी अध्यक्ष बनेर आएपछि निगम झन अस्तव्यस्त र भ्रष्टाचारको अखडा बन्न पुगेको छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कमाण्ड नभएका र निर्णय क्षमता कमजोर भएका कार्यकारी अध्यक्ष खनाललाई अल्टिमेटम दिइसकेका छन् । एकजना व्यापारीको दवावमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृह जिल्लावासीका नाममा प्रभावमा पारेर कार्यकारी अध्यक्ष बन्न सफल भएका खरेलका पछिल्ला गतिविधि र कामबाट प्रधानमन्त्री ओली समेत असन्तुष्ट रहेको बताइन्छ । पर्यटनमन्त्री भट्टराईले निगम सुधारका निम्ति गठन गरेको पूर्व सचिव शुसिल घिमिरे नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाउना साथ कार्यकारी अध्यक्ष खनाललाई हटाउने टुङ्गोमा पुगेको मन्त्रालय परिसरमा चर्चा छ । कार्यदलमा धेरैजसोले कार्यकारी अध्यक्ष खनाललाई हटाउन पर्ने सुझाव दिएको पनि बताइन्छ । यससँगै पर्यटनमन्त्री भट्टराईले नयाँ कार्यकारी अध्यक्षको खोजी सुरु गरेका छन् ।

इञ्जिनियरिङ विभागमा भ्रष्टाचारै भ्रष्टाचार

नेपाल वायुसेवा निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित इञ्जिनियरिङ विभागजस्तो महत्वपूर्ण विभाग भ्रष्टाचार र कमिशनले ग्रस्त बनेको छ । विभागिय प्रमुख राजेशप्रसाद श्रेष्ठले कार्यकारी प्रमुख मदन खरेलसँगको मिलेमतोमा काण्डैकाण्ड मच्चाएका छन् । निगमका न्यारोबडी जहाज एयरबस ३२० मा एपियु इञ्जिनको समस्या आएपछि सात महिनासम्म एपियु इञ्जिन मर्मतको लागि अहिलेसम्म कम्पनी छनोट गर्न सकेको छैन । बैंककस्थित एरोटर्वाइन कम्पनीसँग बिनाप्रतिस्पर्धा प्रतिघण्टा ७५० अमेरिकी डलर सञ्चालनवापत र प्रतिदिन १७९ डलर बुझाउने गरी महंगोमा एपियु भाडामा लिई चलाइरहेका छन् । एपियु भाडामा लिई मोटो कमिशन खाने उद्देश्यले ६ महिनासम्म मर्मतसम्भार कम्पनी छान्ने प्रक्रिया अगाडि नबढाई श्रेष्ठले निगमप्रति ठूलो घात गरेका छन् ।

समयमै एपियु मर्मत नगरेका कारण निगमले अन्य अन्तर्राष्ट्रिय स्टेशनमा जिपियु प्रयोग गरेवापत करिब २०करोड र एपियुको भाडावापत करिब ४ करोड जम्मा २४ करोड हालसम्म क्षति व्यहोर्नुपरेको छ । अझै पनि एपियु मर्मतका लागि नपठाइएको हुँदा यो क्षति दोब्बर हुने अनुमान गरिएको छ ।

साथै, जहाजलाई भूमिस्थ घोषणा गरी सार्वजनिक खरिद ऐनविपरीत बिनाप्रतिस्पर्धा बढी मूल्य बोलकबोल गराई प्रतिघण्टा ३०० डलरको दरले कमिशन खाइरहेका छन् । लिजबाट मोटो रकम कमिशन आइरहेको कारणले बिग्रिएका दुई वटा एपियु सात महिनासम्म पनि मर्मतसम्भारमा नपठाई ह्याङगरमा थन्क्याएर राखिएको छ ।

समयमै एपियु मर्मत नगरेका कारण निगमले अन्य अन्तर्राष्ट्रिय स्टेशनमा जिपियु प्रयोग गरेवापत करिब २० करोड र एपियुको भाडावापत करिब ४ करोड जम्मा २४ करोड हालसम्म क्षति व्यहोर्नुपरेको छ । अझै पनि एपियु मर्मतका लागि नपठाइएको हुँदा यो क्षति दोब्बर हुने अनुमान गरिएको छ । निगमले नयाँ एपियु खरिद गरेको भए हालसम्मको खर्च २४ करोडमा तीन थान नयाँ एपियु (८ करोडका दरले) खरिद गर्न सकिन्थ्यो । नयाँ एपियु पनि खरिद नगर्ने र पुरानो एपियु पनि समयमा मर्मतसम्भार नगरी शुरुमा दुई महिनाको लागि लिइएको भाडाको एपियुको म्याद बढाई मिलेमतोमा चलाइरहनुले श्रेष्ठको भ्रष्ट नियत प्रष्ट हुन्छ ।

निर्देशक श्रेष्ठले जहाजको लाइसेन्स भाडावापत मासिक ४ लाख रुपैयाँ लिइरहेका छन् । तर विगत एक वर्षदेखि कुनै पनि दिन जहाजको मर्मतसम्भारमा संलग्न भएका छैनन् । यस्तो अवस्थामा निगमको अर्थ विभागले उनीलाई लाइसेन्स भत्तावापत रकम निकासा गर्नु बेथितिको परिणाम हो । उनी निर्देशक भएदेखि (एक वर्षदेखि) नै निगमको एउटा ट्वीनअटर (९ एन–एबीएक्स) जहाजलाई प्राइभेट एयरलाइन्सको मिलेमतोमा ग्राउन्डेड गरी निजी वायुसेवाबाट मोटो रकम खाएका छन् । यस विषयमा दृष्टिले पटक–पटक समाचार लेखे पनि कसैले चासो राखेका छैनन् ।

त्यति मात्र होइन, गत साउन महिनामा निगमबाट बिक्री गर्न बोलपत्र आह्वान गरी सकिएको बोइङ (९ एन–एसिबी) जहाजमा आवश्यकतै नभएको मर्मतसम्भार गराउने भनी इजरायलको पावर एभिएसन कम्पनीबाट इञ्जिनीयर ल्याई जहाजमा कुनै पनि कार्य नगराइकन १२ हजार डलर भुक्तानी दिइएको छ ।

निगमले आफ्नै जनशक्तिबाट गर्न सकिने इञ्जिनियरिङका ए–३३० जहाज मर्मतसम्भार सम्बन्धी कार्यका लागि फ्रान्सको डिएए कम्पनीलाई मासिक ६५ हजार डलर तिरेर राख्नुका साथै कमिशनको लोभमा बिनाकारण र बिनाप्रतिस्पर्धा उक्त कम्पनीको कार्य अवधि एक वर्ष बढाउने प्रस्ताव अगाडि बढाएका छन् । पर्यटनमन्त्री भट्टराईले निगम सुधारका योजना ल्याए पनि यस्ता भ्रष्टाचारका कुरा नियन्त्रण गर्न नसक्दासम्म निगम सुधार हुँदैन । त्यसैले निगम सुधार गर्न निगमभित्रका भ्रष्ट कर्मचारीहरुमाथि कारवाही गर्नुपर्छ ।

Related Articles

Back to top button