समाचार

धरानमा बम विष्फोट

धरान, २० भाद्र । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र रहेको दिल्ली पब्लिक स्कुल र इटहरी स्थित सुष्मा गोदावरी कलेजको नजिकै गएराती बम विष्फोट भएको छ ।

राती १२ः३० बजेको समयमा दुवै स्कुलमा वम विष्फोट भएको हो । विष्फोटबाटधरान स्थित देल्लि पब्लिक स्कुलको फलामको गेटमा सामान्य क्षति भएको छ भने पर्खाल चर्किएको छ । प्रतिष्ठानका डाक्टरहरु बस्ने क्वाटरका झ्याका सिसा फुटेका छन् । यता इटहरीको गोदावरी कलेजकमा विस्फोटनबाट कम्पाउण्डमा क्षति पुगेको छ ।

दुवै स्कुलमा चन्दा नदिएको कारण विप्लव समुहले बम विष्फोट गराएको प्रहरीको अनुमान छ । दूवै स्कुलमा ‘विप्लव’ समुहले चन्दा मागेको र नदिएको कारण तर्साउन बम विष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता विनोद शर्माले वताए । विष्फोष्ट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button