भिडियो

दुःखद खबरः बाबु छोराको खुकुरी प्रहार गरि ह’त्या

भिडियो सहित हेर्नुहाेस्दु लेगौंडा, १८ भदौ । स्याङ्जाको हरिनास गाउपालिका–३ स्थित ललही मिनडाँडामा बाबु र छोराको ह’त्या भएको छ । मंगलवार विहान एकै परिवारका दुई सदस्यको ह’त्या भएको प्रहरीले जनाएको छ । उनीहरुको अपरिचित व्यक्तिको प्र’हारबाट घ’टनास्थलमै मृ’त्यु भएको हो । राती सुतिरहेको अवस्थामा धारीलो हतियार प्र’हारबाट ३० बर्षीय बाबु चित्र बहादुर खड्का र ४ बर्षका छोरा रिजन खड्काको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालले जानकारी दिए ।

बाबुको टाउको र छोराको घाँटीमा प्र’हार गरिएको छ । राती एउटै कोठमा श्रीमतीसहित रहेका उनीहरुलाई मास्क लगाएका व्यक्तिले खु’कुरी प्र’हरी गरेको बताइएको छ । । फरक खाटमा रहेकी श्रीमतीले चिच्याएपछि उनीहरु भागेको बताइएको छ । ‘घ’ट्नबारे थप अनुसन्धान भइरहेको एसपी लम्सालले बताए ।

शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । घ’टनापश्चात स्थानियबासी त्रसित बनेका छन् ।


शुक्लागण्डकी एफएम र फ्रेण्डस् टिभीको सहयोगमा ।

Related Articles

Back to top button