समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा कतार एयरवेज अवतरणमा समस्या

काठमाडौं । काठमाडौंको मौसममा एक्कासि परिवर्तन आएपछि विमान अवतरणमा समस्या आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २० मिनेटयता कुनैपनि विमान विमानस्थलमा अवतरण गर्न सकेका छैनन् ।अहिले चाइना इस्टर्न, तिब्बत एयरलाइन्स, एयर इन्डिया, यतिहाद एयरवेज र कतार एयरवेजका जहाजहरु अवतरण गर्न नसकेर काठमाडौंको आकाशमा फन्को लगाइरहेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राज कुमार क्षेत्रीले मौसममा खराबी आएका कारण जहाजहरु अवतरण हुन नसकेका जानकारी दिए ।tत्यस्तै दक्षिण एसियाली राष्ट्रले उपयोग गर्न सक्ने भन्दै भारतले ‘सार्क स्याटेलाइट प्रक्षेपण गरेको दुई वर्ष बित्यो । तर, नेपालले यसको उपयोगलाई प्राथमिकतामा नराखेपछि भारतले बारम्बार ताकेता गर्न थालेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ०७१ सालमा काठमाडौंमा सार्क शिखर सम्मेलन हुँदा दक्षिण एसियाली मुलुकहरुले प्रयोग गर्ने गरी ‘सार्क स्याटेलाइट’ प्रक्षेपण गर्ने घोषणा गरेका थिए ।पाकिस्तानले सुरक्षा संवेदनशीलता देखाउँदै भारतको प्रस्तावलाई ठाडै अस्वीकार गर्‍यो । नेपालले राष्ट्रिय सुरक्षासँग जोडिने विषय भएकाले प्रयोगबारे स्पष्ट निर्णय लिन सकेको छैन ।इन्डियन स्पेस रिसर्च अर्गनाइनेसन (इसरो)ले सार्क स्याटेलाइट तयार पारेर २०१७ को ५ मेमा प्रक्षेपण गरेको थियो । त्यसमा नेपालले निश्चित हिस्सा पाएको भनिएको छ तर, यसको उपयोगका विषयमा सरकारले कुनै निर्णय लिन सकेको छैन भारतले प्रक्षेपणअघि नै पत्र पठाएर स्याटेलाइट प्रयोगका लागि आवश्यक पूर्वाधार बनाउन नेपाललाई अनुरोध गरेको थियो । त्यसअनुसार स्याटेलाइटबाट ब्यान्डविथ रिसिभ गर्न सञ्चार मन्त्रालय परिसरमै ग्राउन्ड स्टेसन निर्माण गरेको छ । भारतीय प्राविधिक झिकाएर एक वर्षअघि स्टेसन जडान गरिएको हो स्याटेलाइट उपयोगका लागि अब क्षेत्र पहिचान गरी भी-स्याट प्रविधिहरु सम्बन्धित क्षेत्रमा जडान गर्नुपर्नेछ । स्वास्थ्य चौकी, विद्यालय लगायतमा इन्टरनेट पुर्‍याउन पनि यसको उपयोग गर्न सकिने विज्ञहरुले औंल्याएका छन् ।स्याटेलाइटमार्फत् पाइने ब्यान्डविथ कसरी प्रयोग गर्ने भन्ने सुझाव लिन

सरकारले समिति पनि बनाएको थियो । समितिले प्रतिवेदन दिएको लामो समय भइसक्दा पनि सरकारले कुनै निर्णय लिन सकेको छैन ।
‘स्याटेलाइटको आयु निश्चित हुन्छ, सरकारले उपयोगको क्षेत्र पहिचान गरेर पूर्वाधार निर्माण गर्न ढिलाइ गर्‍यो,’ दूरसञ्चार प्राधिकरणका एक अधिकारी भन्छन्, ‘यसको सही उपयोग भयो भने ग्रामीण क्षेत्रमा प्रविधिको नमूना विकास देखाउन सकिन्छ । मौसम पूर्वानुमानलगायतलाई चुस्त र वैज्ञानिक बनाउन सकिन्छ ।’भारतले एउटा ट्रान्सपोन्डर दिएर नेपाललाई स्याटेलाइटबारे अभ्यस्त हुने मौका दिएको उनको भनाइ छ । ‘अब जनशक्ति पनि त्यसैअनुसार व्यवस्था गर्नुपर्छ । प्रविधि पनि सरकारले ल्याउनुपर्छ,’ ती अधिकारी भन्छन्, ‘केही समयपछि नेपालकै व्यवसायिक स्याटेलाइट पनि अन्तरिक्ष पठाइँदैछ । त्यसलाई प्रयोग गर्ने आइडिया पनि यसका माध्यमबाट सिर्जना हुनेछ ।’तर, भारतीय स्याटेलाइट उपयोग सामरिक महत्वको हुन भन्दै विज्ञहरुले संवेदनशील बन्न सुझाएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका एक अधिकारी भारतले सार्क क्षेत्रमा आफ्नो प्रभाव देखाउन सार्क स्याटेलाइट प्रक्षेपण गरेको बताए । उनको भनाइमा नेपालले अन्तरिक्ष प्रविधिमा परनिर्भर हुनेतर्फ भन्दा आफ्नै स्याटेलाइट प्रविधिको विकासका लागि अघि बढ्नु उपयुक्त हुन्छ ।‘राष्ट्रिय सुरक्षासँग मात्रै यो विषय जोडिँदैन, त्यसो हो भने त चीनलाई हामीले हाम्रो भू-उपयोगको स्याटेलाइट नक्सा उर्ताने सम्झौता गरेर दिएका छौं,’ ती वैज्ञानिक भन्छन्, ‘योभन्दा महत्वपूर्ण कुरा नेपाली वैज्ञानिकको क्षमता विकास गर्ने हो । हामी परनिर्भर हुनेभन्दा आफ्नै क्षमता विकास गर्नेतर्फ अघि बढ्दा उत्तम हुन्छ ।’भारतले स्याटेलाइटको व्यवसायिक उपयोगको लागि दबाव दिनुभन्दा नेपालको आफ्नै क्षमता विकासको लागि सहयोग गर्नुपर्ने भनाइ उनको छ । भारतले प्रक्षेपण गरेको स्याटेलाइटको तौल दुई हजार तीन सय ३० किलो र आयू १२ वर्षको छ । बैंगलोरमा तयार भएको स्याटेलाइटमा १२ वटा ‘ट्रान्सपोन्डर’ छन् ।

यो स्याटेलाइट निर्माणका लागि करिब चार अर्ब भारु खर्च भएको भनिएको थियो । स्याटेलाइट प्रक्षेपण गर्दै गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालका तत्कालिन प्रधानमन्त्री प्रचण्डसँग भिडियो कन्फ्रेन्समार्फत खुशी साटेका थिए ।सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले यसअघि नै गैरनाफामुलक सेवा क्षेत्रमा आफ्नो स्पेस उपयोग गरिने बताएको छ । नेपाललाई भारतले प्रयोग गर्न दिएको ट्रान्सपोन्डर ३६ मेगाहर्जको छ । हालसम्म यसको उपयोगका लागि प्रक्रिया अघि बढेको छैन । राष्ट्रिय सुरक्षाबाहेक जनताको सेवा-सुविधा र मौसमी सूचना प्राप्तका लागि यसको उपयोग हुन सक्ने कतिपय अधिकारीहरुको तर्क छ ।जल तथा मौसम विज्ञान विभागका अधिकारीले विपद व्यवस्थापनका लागि यसको प्रयोग गर्न सुझाव दिँदै आएका छन् । मौसम पूर्वानुमानका लागि यस्तो स्याटेलाइट प्रयोग गर्न सकिए प्रभावकारी मौसमी भविष्यवाणि हुन सक्ने उनीहरुको भनाई छ ।विज्ञसहितको सरकारी कार्यदलले त्यसलाई विकट ग्रामीण भेगमा कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार र वातावरण र विपद व्यवस्थापन क्षेत्रमा प्रविधिको पहुँच पर्‍याउन प्रयोग गर्न सिफारिस गरेको थियो । ‘मौसमी पूर्वानुमान, टेलिमेडिसन, टेलिएजुकेसन, कृषि, पर्यटनलगायत क्षेत्रमा यसको उपयोग गर्न सकिन्छ,’ नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारी भन्छन् ।भारतले पटक-पटक नेपाललाई आफ्नो हिस्सा प्रयोगका लागि अनुरोध गरिरहेको छ । सञ्चार मन्त्रालयका सहसचिव विरेन्द्र मिश्र भने भारतले स्पष्टसँग कुरा नगर्दा समस्या भएको बताउँछन् । ‘भारतीय अधिकारी आएका बेला कुरा उठाउँछन्, तर पछि खासै वास्ता गर्दैनन्,’ उनले भने, ‘हामीले पनि केमा कसरी उपयोग गर्ने भन्ने टुंग्याएका छैनौं ।’अन्तरिक्षमा भर्खरै नेपालको पहिलो नानो स्याटेलाइट प्रक्षेपण गरिएको छ । तर, यो व्यवसायिक उपयोग हुन सक्दैन । नेपाल आफैंले पनि स्याटेलाइट राख्न फ्रान्ससँग जीटूजी गरेको छ । त्यो कहिले प्रक्षेपण हुन्छ भन्ने एकिन छैन ।
२०७६ बैशाख २९ गते प्रकाशित

Related Articles

Back to top button