समाचार

भर्खरै। अछाम बाट आयो यस्तो दुखद खबर

काठमाडौं – अछामको मेल्लेखमा साउन १३ गते जीप दुर्घटना भयो। दुर्घटनामा दुई जनाले ज्यान गुमाए। ज्यान गुमाउने कौसी साउद र किथ्थी साउद थिए।

ज्यान गुमाउने मध्येकी कौसी बारीको मुला बेच्न बजार जान आटेकी थिइन्। उनले मुला त बेचिन तर छोराछाेरीसँग गरेको बाचा भने पुरा गर्न नपाई संसारबाटै हिँडिन्।

बिहानै घरबाट निस्किँदा छोराछोरीले पछ्याउन थालेपछि बजारबाट फर्किदा चाउचाउ र बिस्कुट ल्याइदिनेभन्दै फकाइन्। दुई वर्षको कान्छो छोरो गणेशले आमालाई घरबाट अली परैसम्म पछ्याएका थिए।

तर बजारबाट छिट्टै फर्किने र फर्किदा बिस्कुट चाउचाउ ल्याइदिने आश्वासन आमाले दिएपछि उनी मानेका थिए। नन्देगडाबाट साँफेबगर हिँडेकी आमा जीप दुर्घटनामा परेर उनले ज्यान गुमाइन्। उनीसंगै उनकी सासु नाता पर्ने किथ्थी पनी आलुको भारी बोकेर साँफेबगर हिँडेकी थिइन्। उनको पनि ज्यान बचेन।

बजारमा सामान बेचेर घर फर्किने क्रममा जीप भीरबाट खस्यो। घर पुग्न करिब १० मिनेट जति बाँकी थियो। नन्देगडा बजारको मोडमा जिप भीरबाट खस्यो। कौसी र किथ्थीको घटनास्थलमै ज्यान गयो। जिप दुर्घटनाको दृश्य आमाको बाटो हेरिरहेका छोराछोरी समेतले देखे। किथ्थीका ४ छोराछोरी र कौसीका ५ छोराछोरी छन्। दुबैका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्।

Related Articles

Back to top button