अन्तर्राष्ट्रिय

विमान रनवेमा विना टायर घिर्सियो पाइलटले बचाए विमान र यात्रु,

यंगुन (एजेन्सी) । म्यानमार सरकारको सरकारी एअरलाइन्सको एक विमान आइतबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ । पाइलटको सुझबुझका कारण ठूलो दुर्घटना टरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यंगूनबाट उडान भरेको विमान मंडालय एअरपोर्टमा पुगेपछि पायलटले विमानको ल्याडिंग गेयरले काम नगरेको थाहा पाएका थिए । यस कारण विमानको अगाडितर्फको टायर खुल्दैन । यसपछि
पाइलटले आपतकालीन अवतरण गर्ने निर्णय लिए । यस क्रममा विमानको अगाडिको भाग जमिनमा घर्सिँदै अगाडि बढ्यो । एअरलाइन्सका अनुसार यूबी १०३ विमान यंगूनबाट मंडालयका लागि उडान भरेको थियो । पाइलट क्याप्टेन मियत मोई अंगुले विमानलाई आपतकालीन अवतरण गर्ने निर्णय लिए, इन्धन बन्द गराएर फोर्स ल्याडिंग गराए । जसका कारण विमान दुर्घटना हुनबाट जोगियो । विमानका सबै यात्रु सरक्षित रहेको

बताइएको छ । सरकारले सो विमान मा देखिएको प्राविधिक समस्याबारे छानविन गर्न आदेश दिएको छ ।विमानमा कति यात्रु थिए भन्ने बारे केही खुलाइएको छैन । तर , सो विमानमा ११४ जनाले यात्रा गर्न सक्ने क्षमता रहेको बताइएको छ ।काठमाडौं, २९ वैशाख । स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका छन् ।सन्दीप आइतबार ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।लामिछानेले आईपीएल आफ्नो लागि गएको वर्षभन्दा यो वर्ष उपलब्धीपूर्ण भएको बताए ।दिल्ली क्यापिटल्सबाट गत वर्षदेखि आईपीएल खेल्दै आएका उनले यो सिजनमा जम्मा ६ खेलमा खेल्ले अवसर पाएका थिए ।१६ खेल खेलेको दिल्ली क्यापिटल्सले सन्दीपलाई जम्मा ६ खेलमा मात्र मैदानमा उतारेको थियो । ६ खेल खेलेका उनले ८ विकेट लिएका थिए ।

Related Articles

Back to top button