समाचार

प्रधानमन्त्री ओलीलाई भेट्न बालु्वाटार नै पुगे चिनियाँ विदेश मन्त्री

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री ओलीलाई भेट्नका लागी वालुवाटार नै पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हितका बारे कुराकानी भएको बताइएको छ ।

चिनियाँ विदेश मन्त्री यीले मंगलबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधनमन्त्री ओलीसँगष् भेटवार्ता गर्नुअघि यीले नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग मन्त्रीस्तरीय वार्ता गरेर सहमति पत्रमा हस्ताक्षर गरेको थियो । सो अवसरमा अर्थसचिव राजन खनाल र चिनियाँ अन्तरराष्ट्रिय विकास सहायता नियोग ९सिआइसिडीए० का उपाध्यक्ष डेङ बोकिङले आपत्कालीन आवास तथा मनाङ अस्पताल पुनःनिर्माण परियोजनासम्बन्धी ‘लेटर अफ् एक्सचेञ्ज’मा हस्ताक्षर गरे । आपत्कालीन आवास सहायताअन्तर्गत ९५ लाख चिनियाँ युआन बराबरका पाँच हजार त्रिपाल चीन सरकारले उपलब्ध गराउनेछ भने मनाङ अस्पताल पुनःनिर्माणका निम्ति दुई करोड २० लाख युआन प्रदान गर्नेछ ।

त्यसैगरी स्वयंसेवक चिनियाँ शिक्षक कार्यक्रमसम्बन्धी समझदारीपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश्वर दाहाल र नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गरे । सौहाद्र्रपूर्ण वातावरणमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचार–विमर्श भएको थियो ।

Related Articles

Back to top button