समाचार

गीत चोरेको आरोपमा म्युजिक नेपालका म्यानेजर थापा प्रहरी फन्दामा

काठमाडौ । म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुको टोलीले उनलाई आइतबार दिउँसो अनामनगरबाट पक्राउ गरेको हो ।रिसरका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले थापालाई पक्राउ गरिएको पुष्टि गरे ।प्रवक्ता बोगटीले थापालाई लमजुङकी सरिता सिलवालले कपि राइट मुद्दामा जाहेरी दिएको आधारमा पक्राउ गरिएको जानकारी दिए ।पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलकी पत्नी एवम् पूर्वएमालेकी प्रतिनिधि सभाको समानुपातिक सांसद सुजिता शाक्यले लुम्बिनी विकास कोषको सदस्य सचिव विष्णुप्रसाद ढकालको पक्षमा लबिङ थालेकी छिन् ।कम्युनिस्ट सरकारले तीन हप्ता अगाडि पाल्पा जिल्लाका प्रमुख जिल्ला ढकाललाई ऐन र कानून विपरित कोषको सदस्य सचिवमा नियुक्ति गरेपछि सर्वोच्च अदालतले ढकाललाई हाजिर नगराउन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेशपछि आत्तिएका ढकालले प्रदेश ५ का मुख्यमन्त्री पोखरेल र उनकी पत्नी सुजिता शाक्यलाई प्रयोग गर्न थालेका हुन् ।पोखरेलले आफ्नी पत्नीलाई तत्कालीन एमालेको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएका हुन् । काठमाडौंको बबरमहलस्थित कोषको सम्पर्क कार्यालयमा मुख्यमन्त्री पोखरेलकी पत्नी शाक्यले हरि न्यौपानेसहित ५–६ जना कानून

व्यवसायीहरूसँग सोमबार परामर्श गरेकी हुन् । गोप्य छलफलमा शाक्यले जसरी पनि ढकाललाई सदस्य सचिवमा पुनः ल्याउन के–के गर्नुपर्छ सबै काम गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सदस्य सचिव नियुक्तिका लागि विज्ञापन निकालेर २२ जनाको नाम रोस्टरमा राखेको थियो । रोस्टरलाई बेवास्ता गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले आर्थिक लेनदेन गरेर पाल्पाका प्रमुख जिल्ला अधिकारी ढकाललाई सदस्य सचिवमा नियुक्ति गरेको आरोप नेकपाका नेताहरूको छ ।ढकालले सदस्य सचिवमा पुनः स्थापित हुन नपाए आफूले दिएको दुई करोड रुपियाँ फिर्ता दिनुपर्ने भन्दै आफू निकटका व्यक्तिहरूसँग बताउने गरेका छन् ।‘दुई करोड बुझाएर सदस्य सचिवमा नियुक्ति पाएको हुँ’, ढकाललाई उदृत गर्दै स्रोतले भन्यो, ‘सर्वोच्चले पनि मलाई केही गर्न सक्दैन । म नै फेरि सदस्य सचिवमा आउँछु । होइन भने मैले बुझाएको दुई करोड रुपियाँ व्याजसहित फिर्ता गर्नुपर्छ ।’ढकालले दवाव दिन थालेपछि प्रदेश ५ का मुख्यमन्त्री पोखरेल र नेकपाका महासचिव पौडेलले शुजिता शाक्यलाई प्रयोग गरेर सेटिङ मिलाउन कानून व्यवसायीहरूसँग गोप्य छलफल गरिएको हो ।शाक्यले कानून व्यवसायीहरूलाई सामदाम दण्डभेद जे गरेर हुन्छ सर्वोच्च अदालतबाट ढकालका पक्षमा फैसला हुनुपर्ने भनेर आफ्ना कानून व्यवसायीहरूलाई निर्देशन दिएको गोप्य छलफलमा सहभागी एक कानून व्यवसायीले जानकारी दिए ।-मिडिया डबलीबाट

Related Articles

Back to top button