समाचार

नेकपाको सपथ ग्रहण समारोहमा झडप

धनुषा- नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट पक्षले अवरोध गरेपछि झडप भएको बताइएको छ ।

नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेपछि असन्तुष्ट नेता कार्यकर्ताले स्थगित गराउन चेतावनी दिँदै आएका थियो ।

तर असन्तुष्टहरुका चेतावनीका बीच सपथ ग्रहण समारोहलाई यथावत राखेपछि झडपको स्थिती सृजना भएको बताइएको छ । झडपमा केही नेता कार्यकर्ता समान्य घाइते भएको जनाइएको छ । अहिले व्यापक मात्रामा त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Related Articles

Back to top button