भर्खरै।हेटौंडा उच्च अदालत बाट आयो यस्तो आदेश

हेटौंडा । पत्रकार शालिकराम पुडासैनीलाई आ’त्मह’त्या दुरु’त्साहनका अभियुक्त टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेल तथा अभियुक्त अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि सुनुवाई हुने मिती तोकिएको । उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आउदो बिहीबार सुनुवाई गर्ने जनाएको छ।

पत्रकार शालिकराम पुडासैनीको आ’त्म’ह’त्या दुरु’त्साहनका अभियुक्त रवि पाँच लाख, युवराज तीन लाख रूपैयाँ धरौटीमा छुटेका थिए भने अस्मिता सामान्य तारेखमा छुटेकी थिइन्। तर लामिछाने र कँडेलले चितवन अदालतको आदेश विरुद् उच्च पाटन, हेटौंडा इजलासमा भाद्र १७ गते निवेदन दर्ता गराएका थिए । उनिहरुले चितवन जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेको भन्दै बदर गरि पाऊँ भनी रविले आज निवेदन दर्ता गराएका हुन् ।

दुवैले निवेदन दिएपछि अस्मिता सहित तीनैजनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा रिट दायर गरेको थियो ।

उक्त रिटमाथि मंगलबार न्यायाधीश टेकराज नेपालको एकल इजलासले रवीसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेदन एकसाथ राखेर पेश गर्न आदेश दिएको रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए।