अन्तर्राष्ट्रिय

उडिरहेको विमान का पाइलट बेहोस

उडिरहेको प्लेनको पाइलट बेहोस, मेलबर्न । अष्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् ।प्राप्त जानकारीका अनुसार उनले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस्थामा विमान उडाउन सुरु गरेका थिए । अष्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो (एटीएसबी) ले ९ मार्चमा यो गम्भिर घटनाको विषयलाई लिएर एक रिर्पोट जारी गरेको थियो, जसमा फ्लाइट स्कुल फ्लाइट ट्रेनिङ एडिलेडको विमानलाई समावेश गरिएको थियो ।एटीएसबीले भनेको छ, ‘ट्रेनी पाइलटले अडानभन्दा पहिला पर्याप्त निद्रा लिएका थिएनन् र उडानभन्दा पहिले चकलेट बार, एक इनर्जी ड्रिंक तथा थोरै पानी मात्रै पिएका थिए ।’अष्ट्रेलियाको एबीसी न्युजले भेनेको छ, ‘आफ्नो ४० मिनेटको यात्राको अवधिमा ५ हजार ५ सय फिटमा उडान भरेको समयलाई

उनले टाउकोमा दुखाई महसुस भएको थियो । यसपछि उनले अटोपाइलट खोले ।’ डायमन्ड डीए ४० विमानले एडिलेडको नियन्त्रण भएको हवाई क्षेत्रमा बिनाअनुमति प्रवेश गरेको थियो ।काठमाडौं । शहरी क्षेत्रमा पछिल्लो समय जंगल मासेर वस्ति निर्माण गर्न थालिएपछि जंगली जनावर मान्छेको घर तिर देखिन थालेका छन् ।आज बिहानै काठमाडौंको टोखास्थित ग्रान्डी हस्पिटल नजिकैको वस्तिमा चितुवा पसेको छ । एकाबिहानै बस्तीमा चितुवा देखिएपछि स्थानीयबासी त्रसित भएका छन् ।बिहानै ५ बजेतिर मर्निङ वाक निस्केकाहरुले चितुवा बस्ति पसेको देखेका थिए । चितुवालाई कुकुरले खेद्दै गरेको देखेका एक स्थानीयले बताए ।त्यसपछि चितुवा अत्तालिएर रुख चढेको स्थानीयले जनाएका छन् । चितुवा बिहान ८ बजेसम्म भूतखेल चौरको सल्लाघारीमा रुखमा चढेर बसेको स्थानीयको भनाइ छ ।बस्तीमा यसअघि चितुवा नदेखिएको र उक्त चितुवा शिवपुरी जंगलबाट आएको हुनसक्ने बताइएको छ । वस्तिमा तिुवा देखिएपछि प्रहरी पुगेको छ ।

Related Articles

Back to top button