समाचार

मोटरसाइकल दुर्घटना घटनास्थलमै दुई जनाको मृत्यु

तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा गएराति मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।मोरङ / मोरङको कानेपोखरी गाउँपालिका ५ चिसाङ पुल छेउमा शनिबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २० प ८३९५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ पथरी शनिश्चरे नगरपालिका १० बस्ने ४० वर्षीय प्रदिप लिम्बु गम्भीर घाइते भएका थिए ।घाइते भएका उनलाई उपचारको लागि नरसिङहोम विराटनगर लगिएको थियो । उपचारको क्रममा उनको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।दुर्घटनामा मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको मृत्यु भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए उनीहरु लु ९ प ४६६४ नम्बरको मोटरसाइकलमा जहदीबाट तौलिहवा आउँदै थिए घटनाको प्रकृति हेर्दा मोटरसाइकललाई कुनै ठूलो सवारी साधनले ठक्कर दिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।हावाहुरी र असिना पानीसँगै परेको चट्याङले आठ घाइते, एकको अवस्था गम्भीर खोटाङ – हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् ।आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, त्यही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् ।घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो । उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा पुर्‍याएका थिए । घाइतेमध्ये खेमकुमारीको

अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास–प्रश्वासमा समस्या देखिएको जनाइएको छ ।उडिरहेको प्लेनको पाइलट बेहोस, मेलबर्न । अष्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् ।प्राप्त जानकारीका अनुसार उनले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस्थामा विमान उडाउन सुरु गरेका थिए । अष्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो (एटीएसबी) ले ९ मार्चमा यो गम्भिर घटनाको विषयलाई लिएर एक रिर्पोट जारी गरेको थियो, जसमा फ्लाइट स्कुल फ्लाइट ट्रेनिङ एडिलेडको विमानलाई समावेश गरिएको थियो ।एटीएसबीले भनेको छ, ‘ट्रेनी पाइलटले अडानभन्दा पहिला पर्याप्त निद्रा लिएका थिएनन् र उडानभन्दा पहिले चकलेट बार, एक इनर्जी ड्रिंक तथा थोरै पानी मात्रै पिएका थिए ।’अष्ट्रेलियाको एबीसी न्युजले भेनेको छ, ‘आफ्नो ४० मिनेटको यात्राको अवधिमा ५ हजार ५ सय फिटमा उडान भरेको समयलाई उनले टाउकोमा दुखाई महसुस भएको थियो । यसपछि उनले अटोपाइलट खोले ।’ डायमन्ड डीए ४० विमानले एडिलेडको नियन्त्रण भएको हवाई क्षेत्रमा बिनाअनुमति प्रवेश गरेको थियो ।काठमाडौं । शहरी क्षेत्रमा पछिल्लो समय जंगल मासेर वस्ति निर्माण गर्न थालिएपछि जंगली जनावर मान्छेको घर तिर देखिन थालेका छन् ।आज बिहानै काठमाडौंको टोखास्थित ग्रान्डी हस्पिटल नजिकैको वस्तिमा चितुवा पसेको छ । एकाबिहानै बस्तीमा चितुवा देखिएपछि स्थानीयबासी त्रसित भएका छन् ।बिहानै ५ बजेतिर मर्निङ वाक निस्केकाहरुले चितुवा बस्ति पसेको देखेका थिए । चितुवालाई कुकुरले खेद्दै गरेको देखेका एक स्थानीयले बताए ।त्यसपछि चितुवा अत्तालिएर रुख चढेको स्थानीयले जनाएका छन् । चितुवा बिहान ८ बजेसम्म भूतखेल चौरको सल्लाघारीमा रुखमा चढेर बसेको स्थानीयको भनाइ छ ।बस्तीमा यसअघि चितुवा नदेखिएको र उक्त चितुवा शिवपुरी जंगलबाट आएको हुनसक्ने बताइएको छ । वस्तिमा तिुवा देखिएपछि प्रहरी पुगेको छ ।

Related Articles

Back to top button