समाचार

आफ्नै साइला भाइलाई प’क्राउ गर्न आ’देश

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नै साइला भाइलाई प’क्राउ गर्न आ’देश दिएका छन् । विभिन्न अपराधीहरुसँग साँठ-गाँठ रहेको र फि’रौती आ’तंक मच्चाएको आ’रोपमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नै साइला भाइ नरेश थापा प’क्राउ गर्न आदेश दिएका हुन् । दुई वर्षअघि राजधानीमा भएको गौचन ह’त्याकाण्डका मुख्य अभि’युक्तसँग मिलेर फि’रौती संकलनमा सक्रिय रहेको खुल्न आएपछि गृहमन्त्री बादलकै नि’र्देशनमा नरेश प’क्राउ परेको खुल्न आएको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको ०७२ असोज २३ गते शान्तिनगरमा गाडीभित्रै गो’ली प्र’हार गरी ज्यान लिइएको प्र’करणका योजनाकार समीरमान बस्नेतसँग थापाको साँठ-गाँठ रहेको खुल्न आएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले गृहमन्त्रीलाई ब्रिफिङ गरेको र त्यसपश्चात उनले नरेशलाई प’क्राउ गरि अनुस’न्धान गर्न नि’र्देशन दिएको स्रोतबाट खुल्न आएको हो । गौचनको ज्यान लिने योजना बनाउने बस्नेतलाई प्रहरीको केन्द्रीय अनुस’न्धान ब्युरो (सिआइबी)ले भारतबाट प’क्राउ गरी नेपाल ल्याएको थियो । प्रहरीका अनुसार बस्नेतसँग लगातार सम्पर्कमा रहेको खुल्न आएपछि थापालाई प’क्राउ गरिएको हो । बस्नेत जेल भित्रै हुँदा समेत फि’रौती आ’तंक मच्चिएपछि प्रहरीले अनुस’न्धान शुरु गरेको थियो । सोहि क्रममा प्रहरीले गत साउन अन्तिमसाता उनका सहयोगीहरु पवन खड्का र सुरेन नगरकोटीलाई प’क्राउ गरेको थियो।

पक्राउ परेका खड्का र नगरकोटीकाे सहयाेगमा थापालाई प’क्राउ गरिएको प्रहरी उच्च श्रोतले जनाएको छ । घटना सार्वजनिक हुँदा असहज परस्थिति शिर्जना हुने भन्दै प्रहरीले घटना गुपचुप राख्न खोजेको बताइएको छ । नरेश र पवनबीच मिलेर काम गर्नुपर्छ भन्ने आशयका सन्देश आदानप्रदान भएको समेत पाइएको छ। गौचनको ज्यान लिने योजना बनाउने बस्नेतले जे’लबाटै समूह परिचालित गर्दै फि’रौती उठाउन थालेपछि ठूला व्यवसायीहरु आ’तंकित छन् । सुन्धारास्थित केन्द्रीय का’रागारमा रहेका समीरले थुनाभित्रैबाट अप’राधिक कामहरुको योजना बनाउने गरेको पनि खुलेकाे छ

Related Articles

Back to top button