अन्तर्राष्ट्रिय

भारतीय सेना र चिनियाँ सेनाबीच दोहोरो भिडन्त

नयाँदिल्ली : भारतीय सेना र चिनियाँ सेनाबीच दोहोरो झडप भएको छ ।विवादित क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग बुधबार भारतीय सेनाको झडप भएको हो । भारतीय मिडियाका अनुसार यस क्षेत्रमा मानवीय क्षति भने भएको छैन । लद्दाखस्थित भारतीय सैनिकहरु गस्ती गरिरहँदा चिनियाँ सेनाले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो ।कश्मीरसँग जोडिएको लद्दाख क्षेत्रको विषयलाई लिएर चीन र भारतबीच बेला बेला विवाद हुँदैआएको छ । यसअघि भुटानसँग जोडिएको सीमाक्षेत्र दोक्लममा पनि चिनियाँ सेनासँग भारतीय सेनाको भिडन्त भएको थियो

।काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एनसेल कर प्रकरणको विषय सदनदेखि सडकसम्म उठाउने भएको छ। बिहीबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।बैठकमा एनसेल कर प्रकरणका बिषयमा पार्टीले पूर्वगृह एवं कानुनमन्त्री निरञ्जन थापालाई विस्तृत अध्ययन गरी बैठकमा प्रस्तुत गरेका थिए।बैठकमा पार्टीका सल्लाहकार समितिका अध्यक्षसमेत रहेका निरञ्जन थापाले एनसेल कर प्रकरणका बिषयमा विस्तृत विवरण प्रस्तुत गरेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

Related Articles

Back to top button