समाचार

रविको विषयमा उच्च अदालत पाटनको‚ हेटौँडा इजलासमा सुनुवाइ

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी प्रक रणमा चितवन जिल्ला अदालतको आदेश विरुद्ध रवि लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदनमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । रवि लामिछाने र पत्रकार युवराज कँडेलको तर्फका कानुन व्यवसायीले दिएको निवेदनको आज सुनुवाई हुने भनिएको थियो । उच्च अदालत पाटनको‚ हेटौँडा इजलासमा हुने सुनुवाइ स्थगित भएको हो । बिहान ११ बजे न्यायाधीश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशमा मु८द्दाको सुनुवाइ हुने तय भएको थियो ।

तर, लामिछाने र कँडेलका तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीले स्थगन गर्न निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो । र्को पेशी आउँदो बिहीबारका लागि तोकिएको उच्च अदालतका रष्जिट्रार विकास श्रेष्ठले जानकारी दिएका छन् । चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका प्रस्तोता लामिछाने र पत्रकार कँडेल आफूहरु साधारण तारेखमा रि हा हुनुपर्ने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत पाटनको‚ हेटौँडा इजलासमा आएका थिए ।

त्यस्तै‚ धरौटीमा रि हा भएका लामिछाने र कँडेल तथा साधारण तारेखमा रि हा भएकी रुकु भनिने अस्मिता कार्कीलाई थु८नामै राखेर अनु सन्धान गर्नुपर्ने भन्दै चितवन जिल्ला अदालतको आदेश विरुद्ध उच्च सरकारी वकिलको कार्यालयले सोमबार अर्को निवेदन दिएको थियो ।

Related Articles

Back to top button