समाचार

चि’प्लिएर ओभरसियरको मृ’त्यु

खलङ्गा। जुम्ला चन्दननाथ नगरपालिका निवासी एक ओभरसियरको हाइड्रोपावर को नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर मृ’त्यु भएको छ। चन्दननाथ नगरपालिका–१० निवासी निरज बिष्टको तिला गाउँपालिका–७ तुई भन्ने स्थानमा हाइड्रो पावरको नहर सर्भे गर्न जाँदा चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

नहर सर्भेका क्रममा चिप्लँदा धेरै तल तिला नदीको छेउमा पुगेका बिष्ट उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएपछि मृत्यु घोषणा गरिएको प्रहरी जनाएको हो ।

तिला गाउँपालिकामा प्रतिनिधिसभा सांसद विकास कोष र तिला गाउँपालिकाको लगानीमा शुरुआत गरिएको करीब एक मेगावाटको हाइड्रोपावरको निर्माण कार्यका लागि खटिएका ओभरसियर बिष्टको कामकै क्रममा मृ’त्यु भएको आफन्तले जनाएका छन् ।

तिला गाउँ पालिका अन्तर्गत एक मेगावाट स्तरको बिजुली निकाल्न सांसद विकास कोषको रु तीन करोड ९६ लाख र तिला गाउँपालिकाको रु ५० लाख विनियोजन भई काम तीव्र गतिमा अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।

Related Articles

Back to top button