समाचार

एकै परिवारका ६ जनाको मृत्यु, कसरी घट्यो यस्तो दुखद घटना, यसो भन्छ प्रहरी

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा गएको पहिरोमा पुरिएर ६ जनाको मृ’त्यु भएको छ । बिहीबार राति घरमाथिबाट गएको पहिरोमा पुरिएर एकै घरका ६ जनाको मृ’त्यु भएको हो । प्रहरीका अनुसार मृ’त्यु हुनेमा २५ वर्षीय थीरकुमार बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३५ वर्षीय जै बुढा, उनकी ३५ वर्षीय श्रीमती मूलज्योति बुढा, ९ वर्षीय छोरी जीविस्टी बुढा र २ वर्षीया छोरी करिस्मा बुढा छन् । थवाङ गाउँपालिका–२ की वडासदस्य अभिलासा रोका मगरले मृ’तक ६ जनाकै श’व बाहिर निकालिएको जानकारी दिइन् ।

घरमाथिबाट आएको पहिरोले बाख्राको खोर र गाई गोठ पनि पुरेको वडासदस्य मगले जानकारी दिइन् । ‘घरभन्दा करिब २०० मिटर माथिबाट आएको पहिरोले घरसँगै बाख्राको खोर र गाईको गोठ पनि पुरेको छ,’ वडासदस्य मगरले भनिन्, ‘अन्य घरमा भने क्षति पुर्‍याएको छैन ।’ स्थानीय शहीद मार्गलाई विस्तार गर्न केही दिन अगाडि मात्रै खनिएको ठाउँबाट पहिरो गएको वडासदस्य मगरले जानकारी दिइन् । ‘शहीद मार्ग विस्तारका लागि केही दिन अगाडि मात्रै यहाँ खनिएको थियो । डाँडो खनेर थुपारिएको माटो बगेर पहिरो गएको देखिन्छ,’ वडासदस्य मगरले भनिन् ।

त्यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गएको पहिरोमा २ वटा जिप पुरिएका छन् । प्रहरीका अनुसार लु १ ज २६१७ र लु १ ज ५९३८ नम्बरका २ वटा जिप पहिरोमा पुरिएका हुन् । सडक माथिबाट परेको पहिरोमा पुरिएर १ जनाको मृ’त्यु भएको छ । अन्य ४ जना घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार मृ’त्यु हुने व्यक्तिमा कमल परियार छन् । उनी पहिरोमा पुरिएका जिपका चालक रहेका जनाइएको छ । पहिरोमा पुरिएर घाइते भएका अन्य ४ जनाको भने नाम खुलेको छैन ।

Related Articles

Back to top button