समाचार

बुटवल(सिद्धबाबा सडक खण्डमा घट्यो यस्तो दुखद घटना,

काठमाडौं, २७ भदौ ।
सिद्धार्थ राजमार्गको बुटवल(सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिएका छन् । घटनामा एक जनाको ज्यान गएको छ भने चारजनालाई प्रहरीले उद्धार गरेको छ । जिप चालक कमल परियारको ज्यान गएको प्रहरीले जनाएको छ । उनी रुपन्देहीका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५९३८ नम्बरको जिप पुरेको हो ।

यो पनि समाचार, दशैँमा आफ्नो गृह जिल्ला जाने यात्रुको लागी आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा व्यवसायी र ट्राफिक प्रहरीसँग बिहीबार बसेको बैठकले असोज ५ गतेदेखि अग्रिम टिक बुकिङ खुला गर्ने निर्णय गरेको हो ।असोज ५ गतेदेखि यात्रुहरुले अग्रिम टिकट काट्न पाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।दशैंमा यात्रुको चाप बढी हुनाले अहिलेसम्म २ सय ५० बस समेत थपिएको उनले जानकारी दिए ।

Related Articles

Back to top button