भिडियो

पूर्व डिआईजी रमेश खरेल अब राजनीतिमा

रमेश खरेल अब राजनीतिमा ! नेताको गुलामी गर्नेले रविलाई अनुसन्धानबिनै प’क्राउ गरे

काठमाडौं। पूर्व डिआईजी रमेश खरेलले आफु अब राजनीतिमा आउने संकेत गरेका छन् । अहिले राजनीतिमा बिचलन आएको बताउँदै उनले आफु सुधारका लागि राजनीतिमा आउने बताएका छन् । उनले अहिलेका राजनीतक दलका नेतालाई हेर्दा मोटाएर सबै किम जोगं जस्तो भएके टिप्पणी गरेका छन् । उनले राजनीतिक नियुक्ति र प्रभावका कारण आफु आइजिपी हुन नसकेको बताएका छन् । उनले ठूले राई आइजिपी भएको भए आफुले सेवालाई निरन्तरता दिने बताएका छन् ।उनले आफु २९ वर्ष नेपाल प्रहरीमा काम गरेर ज्यान हत्केलामा राखेर काम गरेको संगठनको अहिले जनता प्रति विश्वास गुम्दै जाँदा आफुलाई दुख लागेको बताए ।उनले निर्मला पन्त घटनामा नेपाल प्रहरीको कमी कमजोरी भएको बताए । उनले सिआइबीलाई विश्वास गरेर सबै जिम्मेवारी दिएको भए राम्रो परिणाम आउने उनको भनाई छ । तर त्यसमा रहेका प्रहरीलाई नै कारवाही गरेर सिभिल ब्यक्तिलाई त्यसको जिम्मा दिएका कारण परिणाम राम्रो नआएको बताए । उनले रवि लामिछानेलाई पक्राउ गरेको घटनामा पनि घटनाको पुरै अनुसन्धान नगरी प क्राउ गर्न हतारिएको बताए ।

उनले नेपाल प्रहरी पनि राजनीतक दलको कार्यकर्ता हुन थालेको हो की भन्ने आशंका उब्जाएको बताए । उनले सो घटनामा भएका एभिडेन्सहरुलाई संकलन गरेर उनको संलग्नता भए नभएको निक्र्यौल गरेर मात्र रविलाई पक्राउ गर्न सकिने बताए । त्यसो नभई पक्राउ गर्न हतारिएका कारण प्रहरी आलोचित हुन थालेको बताए । उनले प्रहरी पनि अहिले राजनीतिक दलको नेताको निर्देशन मात्र मान्ने हो की भन्ने देखिएको बताए । निजामति कर्मचारीका सहसचिवलाई छानविन समितिमा राखेर प्रहरी अनुसन्धान विश्वासिलो हुन नसक्ने बताए । नेपालमा अहिले ब्यवसायीक ब्यक्तिलाई साइड लगाएर असम्बन्धित ब्यक्तिलाई घटनामा सहभागी गराइएका कारण समस्या उत्पन्न भएको बताएका छन् ।

Related Articles

Back to top button