समाचार

झापा पुगेका अध्यक्ष प्रचण्डले भने,

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा प्रधानमन्त्री, नेतालाई सुन्नै नसक्ने गाली गर्ने प्रवृत्ति बढेको बताएका छन् ।

पार्टी कार्यक्रमको सिलसिलामा झापा पुगेका अध्यक्ष प्रचण्डले नेकपा अभिव्यक्ति, प्रेस स्वतन्त्रताको पक्षधर भए पनि सामाजिक सञ्जालमा अभिव्यक्ति हुन थालेका विचारप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले लोकतन्त्रको उपयोग गर्दै निरङ्कुशताको पक्षपोषण गरिरहेको समेत बताए ।

प्रधानमन्त्रीको गृह जिल्ला पुगेर अध्यक्ष प्रचण्डले सरकारले गरेका राम्रो कामसमेत प्रचार गर्न नसकिएको बताए ।
उनले तीन महिनामा पार्टी एकता नसक्दा सरकारले गरेका काम तलतल लैजान नसकेको बताए । पार्टी एकता तीन महिनामै सकेको भए सरकारले गरेका राम्रा काम लैजान सकिन्थ्यो । झण्डै एक वर्ष त पार्टीविहीनको अवस्थामा रह्यो,” उनले भने । एकता प्रक्रिया अन्तिम चरणमा आइसकेकाले अब सरकारले गरेका राम्रा काम तल लैजानुपर्ने बताए ।

उनले सचिवालयले पार्टी अनुशासनमा कडाइ गरेको बताउँदै यो अवधिमा नेताहरूबीच भएको तिक्ततालाई सामान्य रूपमा लिनुपर्ने बताए । “लुगा पनि मैलो भयो भने माड्नुपर्छ,” उनले भने । उनले पार्टी एकता नटुंगिँदा प्रतिक्रियावादीले मुन्टो उठाउन थालेको बताउँदै पार्टी अनुशासनमा जोड दिनुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टीभित्र गुटबन्दी हुननहुनेमा जोड दिए ।

केही दिनअघि चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटको सन्दर्भ कोट्याँदै प्रचण्डले भने– “चिनियाँ कम्युनिस्ट पार्टीमा लगभग ९ करोड सदस्य छन् । ती सबै मार्क्सवाद, पार्टी अनुशासनमा बाँधिएका छन् ।”

Related Articles

Back to top button