समाचार

दँशै नजिकिदै गर्दा चोरको बिगबिगी, दिनदाहाडै चोरी

काठमाडौं, २ असोज- काठमाडौं महानगरपालिका २६ मित्रनगर डेरा बस्ने सिन्धुली घर भएका देव लामा र चितवन घर भएकी उमा केसीको कोठाबाट करिब १ लाख ७० हजार रुपैयाँ बराबरको सुनका गरगहना बुधबार दिउँसो चोरी भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका९२७ सुनाकोठी चौतारा बस्ने रमेश जंग थापाको घरबाट सुनका बिभिन्न गरगहना, घडी, ल्यापटप तथा क्यामरा समेत गरी करिब १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

सप्तरी, बिष्णुपुर गाउँपालिका९४ स्थितमा रहेको स्वास्थ्य चौकीबाट करिब ५ लाख रुपैयाँ बराबरको विभिन्न उपकरण र औषधीहरु मंगलबार राति चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button