समाचार

त्रिभुवन विमानस्थलमाअन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको दिशा र दूरी मापन गर्ने उपकरण बिग्रँदा उडान अवतरण प्रभावित भएको छ।दुई घण्टासम्म उपकरण ठप्प भएपछि त्यसको असर एयर ट्राफिकमा देखिएको होविमानस्थलका प्रवक्ता प्रताब तिवारीका अनुसार उपकरण मर्मत भएर सञ्चालनमा आइसकेको छ। तर अहिले बढेको ट्राफिकले बेलुकासम्मै प्रभावित हुने छ।चितवन अचेल रमिताको सहर बनेको छकेही समयअघि त्यहाँ रवि लामिछानेको रमिता थियो।अहिले अर्कै रमिता छचितवन मेडिकल कलेज १५ दिनदेखि बन्द छ। आमाबुबाको लाखौं रुपैयाँ खर्च गरेर डाक्टर र नर्स पढ्न कलेजमा आएका विद्यार्थी दुई सातादेखि आन्दोलनमा छन्।प्रहरीले उनीहरूमाथि कहिले गाली बर्साएको छ, कहिले लाठी। कहिले उनीहरूलाई आफ्नै अस्पताल छिर्न रोकेको छ, त कहिले पक्रेर थुनामा राखेको छविद्यार्थीहरूको माग सरल छ- डाक्टर र नर्स पढ्न मन्त्रिपरिषदले तोकेको शुल्क मेडिकल कलेजहरूले लागू गरून्। मेडिकल कलेजहरूले यसअघि लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको लिखित निर्देशन पालन गरून्।

यो मर्त्यलोकमा अर्को कुनै मुलुक छैन होला जहाँ मन्त्रिपरिषदले गरेको निर्णय र मन्त्रालयले दिएको निर्देशन पालना गराउन विद्यार्थी आन्दोलनमा उत्रिन्छन्, प्रहरीको लाठी खान्छन्। अनि सरकार चुपचाप बस्छ।प्रिय सरकार, मन्त्रिपरिषदले तोकेको शुल्कभन्दा बढी लिएर ठगी गर्ने मेडिकल कलेज सञ्चालकलाई प्रहरीले थुन्नु पर्ने हो कि त्यसको विरोध गर्ने विद्यार्थीलाई?त्यसैले त चितवनमा कहीँ नभएको रमिता छ। अनि एक नम्बरको रमिते बनेको छ सरकार।गएको माघमा यस्तै आन्दोलन गण्डकी मेडिकल कलेजमा भएको थियो।गण्डकी मेडिकल कलेजले एमबिबिएस पढ्न मन्त्रिपरिषदले तोकेको ४२ लाख ४५ हजार रुपैयाँभन्दा धेरै शुल्क लिएको विरोधमा विद्यार्थीले आन्दोलन गरे। कक्षा बहिष्कार गरे।कलेजले टेरेन। सरकारले सुनेन।उनीहरूले पनि लत्तो छाडेनन्।एमबिबिएसका विद्यार्थीले तेस्रो वर्षको जाँचै बहिष्कार गरे। सरकारले तोकेको शुल्क कार्यान्वयन नगराई नछाड्ने दृढताका साथ ५४ दिनसम्म आन्दोलन गरेअन्ततः सरकारलाई करै लाग्यो। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी र मेडिकल कलेज सञ्चालकलाई सँगै राखेर मन्त्रालयमा वार्ता गराए। वार्ता टुंगोमा पुगेन।

मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्दीन अन्सारी, चितवन मेडिकल केलजका सञ्चालक हरिशचन्द्र न्यौपानेलगायत प्रतिनिधिहरूले शिक्षा मन्त्रालयले गर्ने निर्णय आफूहरूलाई मान्य हुने बताएर वार्ताबाट उठेशिक्षा मन्त्रालयले २०७५ चैत ८ गते निजी मेडिकल कलेजहरूलाई सरकारले विद्यार्थीबाट तोकेभन्दा उठाएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न निर्देशन दियो।मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिललाई लेखेको पत्रमा भनिएको छ, ‘नेपाल सरकारबाट तोकिएको शुल्कभन्दा बढी शुल्क लिएका गण्डकी मेडिकल कलेजलगायत कलेजहरूले सम्बन्धित विद्यार्थीहरूलाई एक महिनाभित्र शुल्क फिर्ता गर्ने। विश्वविद्यालयका प्रतिनिधि, कलेज सञ्चालक प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयका प्रतिनिधिहरूले शुल्क फिर्ताको अनुगमन गर्ने।’मन्त्रालयले निर्देशन दिएको आज एक महिना होइन, छ महिनाभन्दा धेरै भइसक्यो। कुनै पनि मेडिकल कलेजले लिएको अवैधानिक शुल्क फिर्ता गरेका छैनन्। शिक्षा मन्त्रालयले आफैंले दिएको निर्देशन पालना गराउन चासो देखाएको छैनमेडिकल कलेजहरूले पहिले मन्त्रिपरिषदले तोकेभन्दा धेरै रकम विद्यार्थीबाट उठाएर ठगे। अहिले रकम फिर्ता दिनुपर्ने शिक्षा मन्त्रालयको निर्णय अटेर गरेर बसेका छन्।

शिक्षामन्त्री लाचार छन्। किन छन्, भनिराख्नै परेन।

शिक्षामन्त्रीलाई आफैंले दिएको निर्देशनको ख्याल भएको भए, कानुनको शासन लागू गर्न सरकार प्रतिवद्ध भएको भए, जुन तदारूकताका साथ चितवनमा आन्दोलन गरिरहेका विद्यार्थी प्रहरीले पक्रियो त्यो तदारूकता विद्यार्थी ठग्नेहरू पक्राउ गर्न प्रयोग हुने थियोआफ्नै निर्णय लागू गर्न नसक्ने, मेडिकल कलेजहरूको ठगी रोक्न नसक्ने तर विद्यार्थीहरूमाथि धरपकड गर्ने सरकार कलिला विद्यार्थीको नजरमा कस्तो देखिएको होलानिकम्मादुई दिन चितवन बस्दा मैले एक दिन बिहानदेखि बेलुकासम्म मेडिसिन पढिरहेका डाक्टर, नर्स भाइबहिनीका कुरा सुनें। पलेंटी मारेर उनीहरूको कोणसभा हेरें। भाषण र कविता सुनें।उनीहरूका आँखामा, बोलीमा यो राज्यप्रति कुनै भरोसा थिएन। सरकारप्रति कुनै विश्वास थिएन। नेताप्रति कुनै सम्मान थिएन।उनीहरूले बारम्बार प्रश्न गरिरहे, ‘सरकारले तोकेको शुल्क लागू गर भन्दा प्रहरीले हामीमाथि लाठी हान्छ र सरकार चुप बस्छ भने त्यो कस्तो सरकार हो? कसको सरकार हो?’आइतबार कोणसभा सम्बोधन गर्दै एमबिबिएस चौथो वर्ष पढिरहेकी विद्यार्थी मान्यता थापाले प्रश्न गरिन्, ‘यो गणतन्त्र हो कि गणतन्त्रको खोल ओढेको सरकार हो? प्रधानमन्त्रीज्यू, हामीमाथि लाठी बज्रिसक्यो। तपाईं किन चुप हुनुहुन्छ। किन मौन हुनुहुन्छ?’

Related Articles

Back to top button