समाचार

कास्की २ को उपनिर्वाचनमा स्व. रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई उठ्ने !

पोखरा। लामो समय चर्चा परिचर्चापछि अन्ततः स्व*र्गीय रबिन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई नै कास्की २ को उपनिर्वाचनमा नेकपाको उ*म्मेदवार हुने लगभग नि*श्चित भएको छ । आगामी मंसिर १४ गते कास्कीको क्षेत्र नं. २ मा हुने देशकै एकमात्र प्रतिनिधि सभा उपनिर्वाचनमा सबैभन्दा ठूलो दल नेकपाबाट रविन्द्रपत्नी विद्या नै उम्मेदवार हुने टुंगो लागेको नेकपा श्रोतले जनाएको छ । श्रोतका अनुसार नेकपाको बैठकमा सोमबार अधिकांश नेताहरुले विद्यालाई नै उम्मेद्वार बनाउनुपर्ने धारणा राखे ।

विद्यार्थी राजनीतिमा लामो समय हो*मिएकी विद्या प्राध्यापन सेवातिर लागेपछि राजनीतिबाट टाढा भई श्रीमान् रविन्द्रलाई सघाएकी थिईन् । उनी सक्षम भएकाले पनि राजनीतिमा फर्कन शुभचिन्तकको अपेक्षा रहेको थियो । रविन्द्रको अ*न्तिम सं*स्कारताका पोखरा आउँदा बामदेव गौतमको चर्चा चल्यो, तर त्यसबेलै बामदेवले पनि विद्यालाई नै अगाडि सारे राम्रो हुने प्र*तिक्रिया दिएका थिए । पछिल्लो समय फेरि बामदेवको उच्च सम्भावना रहेको, अध्यक्षहरुले समेत बामदेवलाई अ*फर गरेकोमा ज*नस्तरमा धेरै वि*मति आए ।

अहिले नेकपा कास्कीका नेता तथा कार्यकर्ताहरुले विद्या भट्टराईलाई बधाईका साथ चुनावमा जित्न शुभकामना समेत दिन सुरु गरिसकेका छन् । तर, पार्टी भने केही बोलेको छैन । गत १५ फागुनमा ताप्लेजुङमा भएको हेलीकोप्टर दु*र्घटनामा पर्यटन मन्त्री रबिन्द्र अधिकारीको नि*धन भएपछि कास्की २ रिक्त रहेको छ । कास्की २ मा तुलबहादुर गुरुङ र सोमनाथ प्यासीको चर्चा पनि च*लेको थियो । अब नेताहरुले नै बैठकमा विद्यालाई उठाउनुपर्ने माग गरेपछि नेकपा अध्यक्ष केपी ओली र प्रचण्डलाई थप द*बाब परेको छ ।

Related Articles

Back to top button