समाचार

डिसपीको कुर्सीमा बसेर अर्कैले ‘आजका लागि म डिएसपी’ भनेको फोटो सार्वजनिक

काठमाडाैँ, ३० बैशाख । इलाका प्रहरी कार्यालय अनारमनी (विर्तामोड) झापाकाका डिएसपी सुवास खड्का कारवाही परेका छन् ।आफ्नो कार्यकक्षको कुर्सीमा बसेर अर्कै एक व्यक्तिले खिचेको फोटो सार्वजनिक भएलगत्तै डिएसपी खड्का कारवाही परेका हुन् । खड्कालाई एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरमा तानिएको छ ।एक नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले प्रहरी संगठनको हित र मर्म विपरित काम गर्ने जो कोहीलाई पनि छुट नहुने बताए ।डिएसपी खड्का नभएको मौका पारेर उनकै कार्यकक्षको कुर्सीमा नेम प्लेट र प्रहरीको झण्डा टेवलमा राखेर तस्विर खिच्ने झापाको दमक घर बताउने ३० वर्षिय हर्कराज गुरुङ आइतबार नै पक्राउ परेका छन् । उनलाई अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।डिएसपी खड्का काठमाडौंबाट सरुवा भएर चार महिना अघि इलाका प्रहरी कार्यालय अनारमनी पुगेका थिए । २०७५ साल माघ ७ गते विर्तामोड प्रहरी इन्चार्ज भएका डिएसपी खड्का ५ महिना नबित्दै कारवाहीमा परेर

तानिएका हुन् ।काठमाडौँ, २९ बैशाख । आइतबार मात्रै दर्ज्यानी चिन्ह पाएका नेपाल प्रहरीका डीआईजी विश्वराज पोख्रेलले नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाएका छन् ।आइतबार प्रहरी प्रधान कार्यलयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी) पोख्रेसलाई दर्ज्यानी चिन्ह लगाएका थिए ।गत बिहीबार पोखरेललाई बढुवा समितिले डिआइजीका लागि सिफारिस गरेको थियो। बढुवा सिफारिसपछि एक हप्तासम्म सिफारिसमा परेका व्यक्तिविरुद्ध उजुरी हाल्न पाउने व्यवस्था हुन्छ। तर, पोखरेल बढुवाका लागि सिफारिस भएकाेमा कसैको पनि उजुरी नपरेकाले आइतबार उनलाई डीआइजीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।करिब ६ महिनाअघि काभ्रेमा भएको गाडी दुर्घटनामा डीआइजी सुशील भण्डारीको निधन भएपछि रिक्त ठाउँमा उनको बढुवा भएको हो ।उनले यसअघि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै, मोरङ प्रहरी प्रमुख तथा लागू औषध नियन्त्रण ब्युरोमा समेत पोखरेलले काम गरिसकेका छन् ।उनलाई भावी प्रहरी प्रमुखको रुपमा हेरिएको छ।

Related Articles

Back to top button