समाचार

जामका कारण यात्रुको मृ’त्यु भएपछि प्रधानमन्त्रीको निर्देशनमा लगायो अब क’डा नियम

काठमाडाैँ। यातायात व्यवस्था विभागले सोमबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ। सोमबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको हो। त्यस्ता सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ। दशैंका बेला काठमाडौंबाट घर फर्किने यात्रुहरु बाटैमा अलपत्र पर्ने गरेका कारण प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृहमन्त्रालय र यातायात विभागले यस्तो निर्णय गरेका हुन् ।

जामका कारण यात्रु यम्बुलेन्स भित्रै मृ त्यु हुन थालेपछि प्रधानमन्त्रीको निर्देशनमा यातायात विभाले १२ गतेदेखि १९ गतेसम्म काठमाडौं भित्रिने ठुला मालवहाक सवारीलाई रोक लगाएको छ । यस्तै १६ गतेदेखि भने उक्त मालबहाक सवारी साधन बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै चल्न पाउनेछन् । दशैंका बेला काठमाडौंबाट घर फर्किने यात्रुहरु बाटैमा अलपत्र पर्ने गरेका कारण प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृहमन्त्रालय र यातायात विभागले यस्तो निर्णय गरेका हुन् । अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन्।

पर्वका बेला यात्रुको सुरक्षालाई मध्यनजर गर्दै थप सय जना ट्राफिक प्रहरी र २०० जना नेपाल प्रहरी गरी ३०० जना प्रहरी परिचालन गर्ने निर्णय गरेको हो । विभागले दसै‌मा काठमाडौ‌ बाहिर जाने र आउने यात्रुलाई सहज बनाउन यस्तो निर्णय गरेको हो। यस्तै गृहमन्त्रालयले नागढुंगा देखि नौबीसेसम्म ठुलो मात्रामा प्रहरी परिचालन गरी जाम नियन्त्रणमा लिने निर्णय गरेको छ । पर्वका बेला यात्रुको सुरक्षालाई मध्यनजर गर्दै थप सय जना ट्राफिक प्रहरी र २०० जना नेपाल प्रहरी गरी ३०० जना प्रहरी परिचालन गर्ने निर्णय गरेको हो ।

यस्तै प्रहरीले नागढुंगा देखि नौबिसेसम्म यदी ओभरटेक गरेको पाइएमा रु ३०० जरिवाना लाग्ने बताएको छ । काठमाडौं भित्रिने अधिकांश सवारी साधन सामान बोकेर आएका लोड गाडी छन्। सय गाडीमध्ये ९५ वटा ट्रक भेटिन्छ। उकालोमा लोड भएका गाडी फस्ने, गियर जानेजस्ता समस्याहरू देखिँदा लामो समय जाम हुने गरेको प्रहरीको ठम्म्याई छ ।

Related Articles

Back to top button