समाचार

दशै को मुखैमा धादिङ बाट –अर्को ठुलो। दुखद खबर।

धादिङ – सडक निर्माणको काममा गइरहेको ट्रयाक्टर दुर्घटनामा परि ११ जना मजदुर घाइते भएका छन् ।धादिङबेसी सल्यानटार सडक नव कान्तिपुर कन्स्ट्रक्सन निर्माणको काम गरिरहेका मजदुर बोकेको ट्रयाक्टर शनिबार बिहान पल्टिएर दुर्घटना भएको हो ।मजदुर बोकेर काम गर्ने ठाउँमा जाँदै गर्दा ना ६ त २७८० नम्बरको ट्रयाक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) रुपक खड्काले जानकारी दिनुभयो ।

तीव्र गतिमा गुडेको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । घाइेतमध्ये तीन जनाको अवस्था सामान्य छ भने ८ जनाको अवस्था गम्भीर छ ।घाइतेमध्ये जाजरकोट जिल्ला छेडागाँउ नगरपालिकाका कर्णबहादुर चदरालाई धादिङबेसी स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ ।जाजरकोट जिल्लाबाट काम गर्न आएका हरिबहादुर शाही, कर्णबहादुर शाही, तेजबहादुर राउत, मेनबहादुर शाही, पूर्णबहादुर डाँगीलगायतका १० जना मजदुरको जिल्ला अस्पालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button