समाचार

नागढुंगा–नौबिसे सडकखण्ड बाट खुशीको खबर

नागढुंगा–नौबिसे सडकखण्डमा शनिबार गाडीको चाप सामान्य मात्र रहेको प्रहरीले जनाएको छ । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्डमागाडीको चाप दशैको बेला बढी भएपछि घर जाने यात्रुका लागी अत्यन्तै असहज भएको छ । सिक्रेखोला र खानीखोला नजिकै गाडी बिग्रिएकाले केही समय त्यहाँ चापमा गाडी चले पनि अरु ठाउँमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

दशैँका लागि काठमाण्डौ भित्रने र बाहिरिने गाडीको चाप बढेसँगै यो सडकखण्डमा दिनहुँ लामो जाम हुँदा यात्रु घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था छ । यद्यपि धेरैजसो रात्रीबस भने जाममा नपरेको ट्राफिक प्रहरीले जनाएको छ ।दशैँका लागि अहिले बसभन्दा पनि ट्रक धेरै भित्रन थालेको सडक मर्मत भइरहेको, झरीका कारण सडक हिलो हुँदा राजमार्गमा लामो जाम हुने गरेको छ ।

Related Articles

Back to top button