समाचार

घाइते भएका ज्ञानेन्द्र शाहीको स्वास्थ्यमा गम्भीर समस्या काठमाडौँ पठाइयो

असोज ११, काठमाडौँ/
शनिबार अज्ञात समूहको आक्रमणमा परेर घाइते भएका ज्ञानेन्द्र शाहीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ।

‘नेपालका लागि नेपाली’ अभियानले चितवनको चौबिसकोटीमा आयोजना गरिएको खबरदारी सभामा सहभागी हुन पुगेका समयमा आक्रमणमा परेका शाहीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको हो।

स्वास्थ्यमा जटिलता देखिएपछि शाहीलाई काठमाडौँ तर्फ पठाइएको छ। चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीलाई विमान मार्फत काठमाडौँ पठाइएको हो। प्राप्त जानकारी अनुसार यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत पठाइएको हो।

चौबिसकोटीस्थित होटल ग्लोबल निस्किए लगतै शाही माथि आक्रमण भएको थियो। होटल ग्लोबलबाट निस्किएर गाडी चढेलगतै उनी माथि आक्रमणमा परेका शाहीको प्रहरीले उद्धार गरेको हो।

राजावादीलाई कार्यक्रम गर्न नदिने भन्दै आक्रमण भएको र शाही चढेको गाडीमा समेत तोडफोड गरेको बताइएको छ। उद्धार गरिएका शाहीलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको छ। घटनामा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले युवाहरुको एक समूहलाई नियन्त्रणमा लिएको छ।

पर्यटन मन्त्री योगेश भट्टराईलाई विमानमै दुर्व्यवहार गरेको भन्दै नेकपा कार्यकर्ता आकोषित बनिरहेका बेला शाही माथि आक्रमण भएको हो। भट्टराईलाई दुर्व्यवहार गरेको आरोप लगाउँदै नेकपा सम्वद्ध संगठनहरुले शाहीलाई विभिन्न जिल्लाहरुमा प्रवेश निषेध समेत गरेका छन्।

शनिबार ‘नेपालका लागि नेपाली’ अभियानले चितवनमा गरेको खबरदारी सभामा अधिवक्ता सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही लगायतका अभियान्ता सहभागी हुने कार्यक्रम थियो।

Related Articles

Back to top button