अन्तर्राष्ट्रिय

७.५ रेक्टर स्केलको भूकम्प, ४ हजारको मृत्यु

जकार्ता। इन्डोनेसियाको पालु शहरलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पको आज (शनिबार) एक वर्ष पूरा भएको छ । यस भूकम्पमा परी करिब ४ हजार व्यक्तिको मृ*त्यु भएको थियो । गत वर्षको सेप्टेम्बर महिनामा तटीय शहर सुलावेसीमा आएको ७.५ रेक्टर स्केलको भूकम्पको मा*रिएका व्यक्तिहरुको सम्झनामा सामूहिक प्रार्थना गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

यस भूकम्पमा परी मा*रिएका र बे*पत्ता सहित व्यक्तिको सङ्ख्या करिब ४ हजार ३०० भएको जनाइएको छ । सो भूकम्पको कारण घरबार बिहीन भएका करिब ६० हजार व्यक्तिहरु अझै बिभिन्न श*रणार्थी स्थलमा रहेका बताइएको छ । इन्डोनेसियामा बारम्बार भूकम्पको प्रकोपले सतारहेको हुन्छ । इन्डोनेसियामा सन् २००४ मा गएको ९.१ भूकम्प र त्यसपछिको सुनामीमा परी कम्तीमा २ लाख २० हजार व्यक्तिको मृ*त्यु भएको थियो । लाखौं व्यक्ति घरबार बि*हीन भएका थिए ।

Related Articles

Back to top button