भिडियो

ज्ञानेन्द्र शाहीलाई नेपाली कांग्रेसको स’मर्थन, ओलीलाई ह’टाउने घो’षणा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. नारायण खड्काले भ्रष्टाचारवि’रोधी अभियन्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) लाई आफ्नो पार्टीको पूर्ण साथ, सहयोग र समर्थन रहेको स्पष्ट पारेका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले यस्तो बताएका हुन् ।

उनले तिहार सकिएलगत्तै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउनको लागि कांग्रेसले स’श’क्त सडक आन्दोलन गर्नेपनि उनले घोषणा गरे । उनले आफ्नो पार्टी पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउन पनि पछि नहट्ने संकेत गरे । छायाँको सरकारको भूमिका एकदमै कमजोर भयो नि भनेर पत्रकार धमलाले तेर्साएको प्रश्नमा नेता खड्काले कांग्रेसको छायाँ सरकारको भूमिका कमजोर नभएको जिकिर गरे । उनले भने, हामीले हाम्रो भूमिका निर्वाह गरिरहेका छौं । उत्तरदायी र जवाफदेही तरिकाले हामीले भूमिका निर्वाह गरेका छौं । हामीले देश र जनतालाई केन्द्रमा राखेर आफ्नो भूमिका खेलेका छौं ।

नेता खड्काले वर्तमान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश नीति पछिल्लो समय उत्तरतिर (चीन) तर्फ ढल्किएको पनि शंका गरे । उनले कुनैपनि दल भारत वा चीनमुखी बन्न नहुने स्पष्ट पारे । उनले भारतसँग सबै पार्टीको घनिष्ठ सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले कांग्रेसले भारत र चीन दुवै देशसँग सन्तुलित सम्बन्ध राखेको बताए ।

भिडियो हेर्नुहोस:

Related Articles

Back to top button