भिडियो

सडकमा देबिको डरलाग्दो शक्ति , देबिको शिरबाट गाडी कुदाउदा गाडिको भयो यस्तो हालत (भिडियो)

सिन्धुलीको सडकमा देबिको डरलाग्दो शक्ति , देबिको शिरबाट गाडी कुदाउदा गाडिको भयो यस्तो हालत (भिडियो)

काठमाडौँ- सिन्धुलीको रिठ्ठे भिरको कथा सायद सबैलाई थाहा नहुन सक्छ । यहाँको धेरै पुरानो कथा अनि कहानी छुट्टै रहेको छ । धेरै पहिला सडक निर्माणका क्रममा बाटो खन्ने क्रममा यहाँ धेरै डोजर र जेसिबी बिग्रेको कथा सबैले सुनाउछन् । त्यहा बाटो खन्न लाग्दा आफै स्टार्ट बन्द हुने जस्ता अचम्मका कुराहरू हुन थाले । धेरै पटक यसरी यो क्रम चलिरहदा सबै चकित नै भएर किन यस्तो भयो भनेर बुझ्दै जादा त्यो सडकको तल एक देबिको मन्दिर रहेको भेटियो ।धामी झाक्री र सबैको सल्लाहमा त्यहाँ पुजाआजा गरियो र क्षमा याचना मागियो । अनि मात्र बाटो बनाउन सफल भएको सत्य कथा नै सबैले सुनाए । अति नै शक्तिशाली देबिको बासस्थान रहेकाले त्यहा सबैले ढोगेर मात्र आवतजावत गरेको पाइन्छ । बाटोको भित्तामा मन्दिर बनाइएको छ र त्यहा धेरैजसो मातालाई मन पर्ने ऐना चढाउने गरेको छ । प्राय देविको मन्दिरको छेउबाट दुबैतिर निकै परसम्म ऐना राखिएको छ । ऐनामा आफ्नो गाडिको नम्बर लेखेर चढाउदा आफ्नो गाडी दुर्घटनामा नपर्ने बिश्वास रहेको छ ।

अन्य सामान्य मानिसहरु पनि आवतजावत गर्दा देबिको मन्दिरमा गएर दर्शन गर्ने देखि ऐना र भेटी चढाउने गरेको पाइएको छ । देविलाई खुशी पार्दा आफ्ना संकट र दुख भाग्ने जनबिस्वास रहेको छ । यात्राकै क्रममा सुपर अनलाइन टिभीको टिम त्यहाँ पुगेको छ । माताको मन्दिरको केही दुरि मात्रै टाढा एउटा गाडी दुर्घटनामा परेर कच्याक कुचुक नै हुने गरि बाटोको छेउमा देखियो । त्यो गाडी कुदाउदा देबिलाई वास्ता नगरेको र देविलाई रिस उठ्ने क्रियाकलाप गरेको भएर त्यस्तो अवस्थामा पुगेको भनेर बताउछन एक स्थानीय युवा ।त्यसको केही समयपछि देविको मन्दिर छेउमा पुगेपछी त्यहाँ यात्राको क्रममा देविलाई दर्शन गरेर ऐना चढाउदै गरेका युबालाई चढाउदै गरेको अवस्थामा भेटियो देवीको बारेमा उनले पनि धेरै कुरा बताए । त्यसपछि मन्दिरमा पुग्दा अर्का एक युवा मातालाइ दर्शन गरेर भेटी चढाउदै गरेको भेटियो । उनलाई देविको बारेमा सोध्दा देबिको अदृश्य शक्ति चमत्कार र ऐना भित्र लुकेको अर्को डरलाग्दो रहस्य बताए साथै सुरुदेखि अहिलेसम्मकै सम्पुर्ण कुराहरु यसरी बताए । तल भिडियोमा हेर्नुहोला होस उड्नेछ ।

Related Articles

Back to top button