समाचार

काँग्रेस नेता रिजालमाथि नेकपाका कार्यकर्ताद्वारा आक्र’मण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद डा.मिनेन्द्र रिजालमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताले आ’क्र’मणको प्रयास गरेका छन् । तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि भएका नेता रिजालमाथि जिल्ला सदरमुकाम दमौलीबाट रिसिङ जाँदै गर्दा नेकपाका कार्यकर्ताहरुले आ’क्रम’णको प्रयास गरेका हुन् ।

उद्घाटन कार्यक्रममा जान नदिन नेकपाका कार्यकर्ताहरुले बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरो’ध सिर्जना गरेको बताइएको छ । यता, नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताद्वारा ह’ति’यार र लाठीले आ’क्र’मण गर्न प्रयास भएको बताएका छन् ।

‘हतियार, ढुंगा, लाठीसहित आ’क्र’मण गरे । साथीहरुले जोगाउनुभयो र बचियो । प्रहरी प्रशासनको आडमा उनीहरु आ’क्र’मणमा उत्रिएको पाइयो ।’ नेकपाका कार्यकर्ताको अवरो’धका बीच काँग्रेस बका स्थानीय नेता–कार्यकर्ताको साथ कार्यक्रममा पुगेको उनले बताए ।

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन काँग्रेस नेता रिजालबाट गराउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी रहेको बताइएको छ । यसैबीच काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका लाखौ जनतामाथि अ’प’मान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरो’ध गरेको बताएका छन् ।

‘पञ्चायतका मण्डलेहरुको शैली अनुसरण गर्दै नेकपाका नेता–कार्यकर्ता फाँ’सीवादी र अधिनायकवादी शैलीमा प्रस्तुत भएको घ’टनाको म घोर भ’त्र्सना गर्दछु,’ नेता पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । सरकारको मण्डले शैलीमावि’रुद्ध लोकतन्त्र जोगाउनका काँग्रेस आन्दोलनमा उत्रिन बा’ध्य हुने विज्ञप्तिमार्फत चे’ता’वनी दिइएको छ ।

Related Articles

Back to top button