अन्तर्राष्ट्रिय

बस दुर्घटना ३६ जनाको मृत्यु

चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ। देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीले आइतबार जानकारी दिएका छन्।स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो। दुर्घटनामा परेको बसमा ६९ यात्रु सवार थिए। यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिससहित आइरहेको ट्रकसँग ठोक्किएको थियो।प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साउदी राजाका अङ्गरक्षकको हत्या
साउदी अरबका राजाका अङ्गरक्षक अब्दुल अजिज अल–फागमको हत्या गरिएको छ। बीबीसीका अनुसार शनिबार राति उनलाई गोली हानी हत्या गरिएको हो।जेद्दाहस्थित साथीको घरमा गएका राजाका अङ्गरक्षकसँग चर्को भनाभनपछि एक्कासीबाहिर गएका फागमका साथीले फर्किँदा बन्दुक लिएर आएका थिए। हत्याराले आफ्नै भाइ, राजाका अङ्गरक्षक र एक फिलिपिनी कामदारमाथि अन्धाधुन्ध गोली चलाउँदा सख्त घाइते भएका प्रहरी प्रवक्ताले जनाएका छन्।

झडपबारे सूचना पाएको प्रहरी तत्काल घटनास्थल पुगेको र हत्यारासँगको दोहोरो भिडन्तमा पाँच प्रहरीसमेत घाइते भएका बताइएको छ। झडपमा अङ्गरक्षकमाथि आक्रमण गर्ने व्यक्ति पनि मारिएको प्रहरीले बताएको छ। उक्त स्थानमा भएको झडपमा घाइते बनेका अन्य सबै सातजनाको अवस्थास्थिर रहेको बताइएको छ।सम्वद्ध अधिकारीले घटनाबारे तत्काल अनुसन्धान सुरू गर्ने भन्दै यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने प्रवक्ताले बताए। अल–फागम साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अङ्गरक्षक थिए।हिन्द महासागरको पूर्वीतटीय बन्दरगाहमा ५५ जना यात्रु बोकेको डुङ्गा बेपत्ता भएको छ। यमनका स्थानीय अधिकारीले डुङ्गा हराएको शनिबार पुष्टि गरेको जनाएका छन्।राज्यद्वारा संचालित सवा समाचार संस्थाले संप्रेषण गरेको समाचारमा ५५ यात्रुसहित एउटा डुङ्गा बेपत्ता भएको सूचना आफूहरुले प्राप्त गरेको सरकारी अधिकारीले जनाएका छन् । उनीहरुका अनुसार सोकोट्रा टापुतर्फ जादै गरेको बेला डुङ्गा बेपत्ता भएको हो। अधिकारीले बेपत्ता भएका यात्रु र डुङ्गाको खोजी भइरहेको बताएका छन्।

चीनले मनायो कम्युनिस्ट शासनको ७०‌ औं वार्षिकोत्सव

चीनमा कम्युनिस्ट शासनको ७०‌ औं वार्षिकोत्सव मनाइएको छ। यो अवसरमा चीन सरकारले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्रका र विदेशी उलब्ध प्रतिष्ठित व्यक्तित्वलाई पदक एवं मानार्थ उपाधिले सम्मान गरेका छन्। मानार्थ उपाधि प्राप्त गर्नेहरुमा एक पूर्व फ्रान्सेली प्रधानमन्त्रीसमेत छन्।चीनको राजधानी बेइजिङमा मङ्गलबार औपचारिक रुपमा व्यापक सैन्य परेड पनि आयोजना हुनेछ। पदक वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताको समृद्धिका लागि पार्टीले गरेको अनवरत कार्यमा विभिन्न विशिष्ट व्यक्तिले अतुलनीय योगदान गरेको बताए।पुरस्कृत हुनेमा क्यानाडाकी इसाबेल क्रूक एक सय वर्ष नाघेकी मानवशास्त्रीसमेत रहेकी छन्। उनी सन् १९१५ मा जन्मिएकी हुन् । उहाँ सन् १९४९ मा चीन गणतन्त्र स्थापना हुनुअघि चीनमा बसाेबास गर्थिन्। चीनको चेङ्दुमा जन्मिएकी इसाबेलले चीनको शिक्षा क्षेत्रको विकासमा विशिष्ट योगदान गरेकी छन्।=फ्रान्सका पूर्व प्रधानमन्त्री जाँ–पियरे राफारिनलाई पनि ‘चीनका पुराना मित्र’ का रुपमा सम्मान गरिएको छ। समाचार संस्था सिन्ह्वाका अनुसार चीन–फ्रान्स मित्रता प्रबद्र्धनमा उनले विशेष सहयोग गरेका छन्। यसैगरी विशिष्ट पदकबाट सम्मानित हुनेमा क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रो र थाइल्याण्डका राजकुमार माहा चक्री सिरिनधोन रहेका छन्समारोहमा कूल ४२ जना पुरस्कृत भएका छन्। पुरस्कृत भएका मध्ये समारोहमा २९ जना मात्र सहभागी भए। उक्त समारोहमा पहिलो नोबेल पुरस्कार विजेता चिनियाँ वैज्ञानिक टु योयूका साथै आणविक भौतिकशास्त्री यु मिनलाई पनि सम्मान गरियो।

साउदी सैनिकलाई नियन्त्रणमा लिएको हूथी विद्रोहीको दाबी

हूथी विद्रोहीले ठूलो सङ्ख्यामा साउदी सैनिकलाई नियन्त्रणमा लिएको बताएका छन्। यमन र साउदी अरबको सीमानजिकैबाट उनीहरु नियन्त्रणमा लिएको हूथी समूहका प्रवक्ताले बताएका छन्।साउदी सैनिकका तीनवटा टुकडीले साउदी सहर नज्रानमा आफूहरु समक्ष आत्मसमर्पण गरेको हूथी समूहका प्रवक्ताले बीबीसीलाई बताएका छन्। उनका अनुसार हजारौँ साउदी सैनिकलाई नियन्त्रणमा लिइएको छ भने धेरैको मृत्यु भएको छ।साउदी पक्षले त्यस दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन। यमनमा सङ्घर्ष सुरु भएपछि साउदी सेनाविरुद्ध गरिएका सैन्य कारबाहीमध्ये नज्रानको घटना सबैभन्दा ठूलो भएको ती प्रवक्ताले बताएका छन्।गत सेप्टेम्बर १४ मा साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा आफूले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको हूथी विद्रोहीले दाबी गरेका छन्। उनीहरूलाई इरानको समर्थन छ।

फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प
दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। आइतबार गएको भूकम्पको धक्का इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमासमेत अनुभव गरिएको हो। इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको खतरा नरहेको जनाएको छ। फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा गएको उक्त भूकम्प शुरुमा ६.७ म्याग्नीच्यूडको मापन गरियो।इन्डोनेसिया भूकम्पीय जोखिममा रहेको मुलुक हो। गत बिहीबार मात्र इन्डोनेसियाको पूर्वी प्रान्तमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका थिए । भूकम्पका कारण ठूलो मात्रामा पूर्वाधारमा क्षति पुगेको थियो।फिलिपिन्सको भूगर्भ मापन केन्द्रका अनुसार डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार बिहान १० बजे आएको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ६० मिटर गहिराइमा रहेको थियो। प्रारम्भिक विवरणमा भूकम्पबाट जनधनको क्षति भएको समाचार प्राप्त नभएको फिलिपिन्सका उद्धार अधिकारीले जनाएका छन्। तर, भूकम्पका परकम्पन आउनेक्रम जारी रहेको छ।

Related Articles

Back to top button