समाचार

। बुटवल जाँदै गरेको बस दुर्घटना

पाल्पा– पाल्पामा आइतबार साँझ भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् ।तानसेनबाट बुटवल जाँदै गरेको लु १ ख ६०६१ नम्बरको बस र विपरित दिशाबाट आइरहेको लु १ ज २३६३ नम्बरको जीप एक आपसमा ठोक्किँदा ८ जना घाइते भएका हुन् ।तानसेनको होलाङ्दी नजिकै जीप र बस दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा बगनासकाली–८, बराङ्दीका ५६ वर्षीय तुल्सा घर्तिमगर गम्भीर घाइते भएकी छन् ।

यस्तै सोही स्थान बस्ने ३० वर्षकी गंगा घर्तिमगर, रम्भा गाउँपालिका–१, बस्ने ३० वर्षकी गीता जिटी, रम्भा बस्ने ८ वर्षका चौटाल जिटी, ४ वर्षकी समिक्षा जिटी र ३० वर्षका जीतबहादुर जिटी घाइते भएका छन् ।घाइतेहरुको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनामा भारत स्थायी घर भई हाल तानसेन ६ बस्ने २६ वर्षकी सुदा साहनी र रिब्दीकोट गाउँपालिका १, बस्ने ३६ वर्षका जीप चालक माधव पाण्डे समेत घाइते भएका छन् । दुबैजनाको तानसेन युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button