समाचार

सल्यान देखि दाङ तुलसीपुर आउँदै गरेको जीप दुर्घटना:

दाङ : सल्यानमा जीप दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ भने आठजना घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको फलावाङदेखि दाङ तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४६० नम्बरको जीप त्रिवेणी गाउँपालिका ४ बडाखोलामा बिहीबार दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मुत्यु भएको प्रहरीले बताएको छ ।मुत्यु हुनेमा सोही गाउँपालिका ४ फलावाङ बस्ने ५९ वर्षीया योगी थापा र सोही ठाउँ बस्ने ५४ वर्षीया कृष्णदेवी परियार रहेको प्रहरीले बताएको छ।

Related Articles

Back to top button