समाचार

योगेश भट्टराईको प्रतिक्रिया

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा भएका घटना प्रति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले सरकारको विरोध गर्ने नाममा अराजकतावादको घोडा चढ्न नसुहाउने टिप्पणी गरेका छन् ।

सोमबार बिहान भट्टराईले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्, ‘लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनुजस्तै हो । चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन् जोखिम।

भ्रष्टाचारविरुद्धको अभियान कार्यक्रममा चितवनमा गत शनिबार अभियन्ता ज्ञानेन्द्र शाहीमाथि सांघातिक आ क्रमणपछि अभियन्ताहरुले मन्त्री योगेश भट्टराईलाई पनि आ क्रमण गर्नुको हात रहेको बताउदै आइरहेका छन् ।

Related Articles

Back to top button