समाचार

रोल्पामा बस दुर्घटना :

Loading...

रोल्पा – रोल्पाको सुनिल स्मृति गाउँपालिका–३, रुइनिबाङमा सोमबार बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा आर्शीवाद यातायात प्रा.लि.को ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो ।दुर्घटनामा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै ज्यान गएको सुनिल स्मृति गाउँपालिका–३ का वडा सदस्य सुरेन्द्र थापाले जानकारी दिनुभयो ।रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक

गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ । बसमा अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।धनगढी,असोज १३ । जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा नगद सहित ६ जनालाई नियन्त्रणमा लिएकोे छ ।बडिमालिका नगरपालिका ९ मार्तडी बजारमा रहेको रोयल होटेलमा जुवातास खेलिरहेको सुचना आए लगत्तै सोमबार ११ बजे बिहान प्रहरीले होटलमा छापा मारेको हो । प्रहरीले नगद ३० हजार ७ सय ७० रुपैया सहित नेकपा बाजुराका नगर कमिटी सचिव चन्द्र थापा, होटल संचालक अन्तिम शाह, जगन्नाथ गाउँपालिका ४ का जगत भण्डारी, स्वामी कार्तिक गाउँपालिका २ का हिक्मत बुढा, लगायतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) उद्धव सिंह भाटले जानकारी दिए ।

Loading...

Related Articles

Back to top button
Close
Close