मेयर दाहाललाई अ’पमान गरिएको भन्दै (विज्ञप्तिसहित)
भरतपुर। नेपाल कम्युनिस्ट पार्टी चितवनले सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको अ’पमान हुने गरी विभिन्न सामग्री प्रसारण गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार‘ईन्द्रजित’ र सचिव कृष्णभक्त पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा दाहालको तस्बिर बिगारी प्रसारण गर्ने, अशिष्ट र अभद्र शब्दहरु राखी स्ट्याटसहरु लेख्ने, जी’उज्या’नको ध’म्की दिने जस्ता कार्य श्रृंखलाब’द्धरुपमा भइरहेको भन्दै यसले पार्टीलाई ग’म्भीर बनाएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा यस्ता घृणित कार्यले हाम्रा नेता तथा कार्यकर्ताको मनोबल गिराएर जनताको बीचमा भ्र’मको खेती गर्ने जस्ता काम कुनै संगठित समूह वा व्यक्तिले गरिरहेको आ’रोप लगाइएको छ।
पार्टीलाई यस्ता क्रियाकलाप सैह्य नहुने भन्दै विज्ञप्तिमा जुनसुकै छद्मभेषी नाममा त्यस्ता सामग्रीहरु प्रसारण गरे पनि यथार्थ जनताको सामु उजागर नै हुने दाबी गरिएको छ । विज्ञप्तिमा पार्टीले यसप्रकारको अ’मानविय, अ’राजक, अ’पराधजन्य कार्यगर्ने अरा’जकहरुको खोजी गरी क’डाभन्दा क’डा कानुनी का’रबाही गर्न सरकारसँग जोडदार माग पनि गरेको छ