समाचार

दुबईमा भएको दु’र्घ’टना मा परि ज्या’न गु’माउने नेपालीको संख्या ६ पुग्यो (नाम सहित)

यूएई । यूएईको दुबईमा भएको बस दु’र्घट’नमा परि ज्या’न गु’माउने नेपाली नागरिकको संख्या ६ पुगेको छ । ज्या’न जाने नेपालीहरुमा रमेश चाैधरी, दानबहादुर सत्याल कृष्णबहादुर पुन नारायणप्रसाल पाेखरेल दीपक विक र नयराम साउद रहेकाे यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिनुभयो ।

दु’र्घ’टनामा परि ज्या’न गु’माउने नेपालीहरुकाे नेपालस्थित ठेगाना भने खुलेकाे छैन । फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठो’क्कि’एर दु’र्घ’ट’नाग्र’स्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्या’न गएको हो । ज्या’न जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।

दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये ४ जनाको अवस्था ग’म्भीर रहेको र सबैलाई उ’प’चारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ ।

दु’र्घ’ट’नामा ज्या’न गु’माउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्रयास भैरहेको श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिनुभयो। यसरी बिदेशमा रहेर दिनप्रतिदिन ज्यान गुमाउने नेपालीको संख्या बढ्दो रहेको छ | नेपालमा बेरोजगार ब्याप्त भएपछि नेपाली युवाहरु बिदेशिन बाध्य भएका छन् |

Related Articles

Back to top button