समाचार

आमाको दाहसंस्कार गर्दैगर्दा कर्णबहादुरको मृत्यु

दाङ । दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ ।कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको आज नदीमा बगेर मृत्यु भएको हो ।राप्ती नदीमा दाहसंस्कारपछि नुहाउँदै गर्दा नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए ।उनका अनुसार बिहान ११ बजे नदीले बगाएर बेपत्ता भएका उनको अपरान्ह् ३ बजेतिर ५० मिटर तल मृत अवस्थामा शव फेला परेको थियो । शव परीक्षणका लागि लमही अस्पताल लगिएको छ । रासस काठमाडौं, ३० बैशाख । करिब ९ घण्टाको अवधिमा भएका ५ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाकमृत्यु भएको छ ।सोमबार बिहान २:४० बजेदेखि ११:५० बजेसम्मको अवधिमा नवलपरासी(पश्चिम), महोत्तरी, रुपन्देही र रौतहटमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामध्ये नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-१६ बकेनवास्थित सडकमा लु.१ ख ७७११ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री सरावल गाउँपालिका-५ दुबौलिया बस्ने कम्लेश यादवको ९ वर्षीय छोरी प्रिती यादवको घटनास्थलमै मृत्यु भएको हो।ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै, नवलपरासी(पश्चिम),रामग्राम नगरपालिका-१२ शान्तीचौरस्थित सडकमा ना.३२ प ९०१३नम्बर

र ना.२९ प ५६४७ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ना.२९ प ५६४७ नम्बरको मोटरसाइकल चालक हाल नाम,थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।ना.३२ प ९०१३ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस्तै, महोतरीको बर्दिबास नगरपालिका-४ स्थित सडकमा रोकी मर्मत गर्दै गरेकोबा.५ ख ४२२२ नम्बरको टिपरलाई ना.६ ख ३०२० नम्बरको ट्रकले ठक्कर दिँदा टिपर चालक सिन्धुली भिमस्थान बस्ने २४ वर्षीय दिनेश मानन्धर र सहचालक २५ वर्षीय नबिन मोक्तानको घट्नास्थलमै मृत्यु भएको छ ।दुर्घटनामा घाइते भएका ट्रक चालक ४२ वर्षीय नवराज राउत र ट्रकमा सवार ३५ वर्षीय रमेश मानन्धरलाई उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबास लगिएकोमा रमेश मानन्धरलाई थप उपचारको लागि काठमाडौंतर्फ लगिएको छ ।यसैगरी, रुपन्देही मायादेवी गाउँपालिका-४ रम्वापुरस्थित सडकमा लु. १ क ३३७५ नम्बरको टिपरको ठक्करबाट साईकल यात्री कोटईमाई गाउँपालिका-४ बयरघाट बस्ने १७ वर्षीय गोलू कहारको मृत्यु भएको छ ।टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैगरी, रौहतट गरुडानगरपालिका-८ जिगडियास्थित सडकमा जेएच ०६ सि १००१ नम्बरको स्कारपियो गाडीको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ४० वर्षीया सहना खातुनको मृत्यु भएको छ ।गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थल्याण्ड अस्पताल गरुडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालकसमेत अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button