समाचार
नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती
काठमाडौ– भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ। चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो। तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन्।
हामी घोडा चढेर तिब्बततर्फ जाँदै थियौं। भारतीय सेनाले गस्ती गरिरहेको भेट्यौ दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले टेलिफोनमा अन्नपूर्णसँग भने हामीले फोटो खिच्यौं र उनीहरूलाई रोक्न भन्यौं। तर उनीहरू नसुनेझैं गरेर गए। साउद नेतृत्वमा ८ जनाको टोली त्यहाँ पुगेको थियो। क्याम्पस प्रमुख साउद, उपप्राध्यापक मदनसिंह कार्की र पदमसिंह बडाले भने तिब्बतको नरी प्रिफेक्चर पुराङ काउन्टीसम्म पुगेका थिए।