बेहुली पक्षबीच कुटाकुट प्रहरीद्वारा चार राउन्ड अश्रु ग्यास प्रहार
बेहुली पक्षबीच कुटाकुट प्रहरीद्वारा चार राउन्ड अश्रु ग्यास प्रहारबेहुली पक्षबीच कुटाकुट प्रहरीद्वारा चार राउन्ड अश्रु ग्यास प्रहार गोरखा — जन्ती आएका युवा कुटपिट घटनामा संलग्नलाई कारबाहीको माग राख्दै इलाका प्रहरी कार्यालय ठाटीपोखरी घेराउ गर्न पुगेका राइनस नगरपालिका-४ अल्काटारका स्थानीय र प्रहरीबीच बिहीबार विवाद बढ्दा स्थानीयले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । उत्तेजित भीडलाई नियन्त्रण लिन चार राउन्ड अश्रु ग्यास प्रहार गरेको एसपी भोला रावलले बताए । ‘अलिअलि विवाद भएकै हो, अहिले स्थिति नियन्त्रणमा लिइसकेका छौ,’ रावलले भने बुधवार जन्ती र बेहुली पक्षबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएपछि अल्कटारमा दुई सय भन्दा बढी स्थानीय घटनामा संलग्नलाई कारबाहीको माग राख्दै पालुङटार आएका छन् ‘सामाजिक हार्दिकताका लागि आएका थियौँ, प्रहरीले भीडलाई साम्य पार्नुभन्दा उत्तेजना तिर लग्यो,’ लमजुङको राइनस नगरपालिका-३ का वडा अध्यक्ष समेत रहेका स्वतन्त्र हमालले भने,’घटना योजनाबद्घ घटाइयो कि भन्ने हाम्रो आशंका हो, दुलहीको घरबाट दुई सय मिटर अगाडी बस रोकेर उसैलाई तार्केट गरेर हमला हुनु नियोजित जस्तो देखिन्छ ।’घटना घटाउन योजना बनाउनेलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ । ‘दुलही पक्षका घरको मान्छेले पनि कतिको साथ दिनुहुन्छ, बोलाएर
छलफल गर्न प्रहरीलाई भनेका छौँ,’ हमालले भने घटनामा संलग्न भएको आशंकामा प्रहरीले १२ जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।यो पनि पढ्नुहोस्ः प्रकाशित : वैशाख १९, २०७६ १५:०२काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ विद्युतीय गाडी चल्ने भएको छ । सुन्दर यातायात प्रालिले यही वैशाख भित्रै चक्रपथमा विद्युतीय गाडी संचालनमा ल्याउने तयारी थालेको जनाएको छ । नीतिगत अस्पस्टताको कारण ३ महिना देखि थन्किएको २ वटा विद्युतीय गाडी संचालन अन्तिम चरणमा पु्गेको प्रालिले जनाएको छ हाल २ वटा मात्र गाडी रहेपनि गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने जानकारी दिइएको छ । सुरुवाती चरणमा चक्रपथमा संचालन गरिने यी सवारी पछी अन्य शाखा बाटोमा पनि संचालन गरिने कम्पनीले जनाएको छ। प्रालिले चक्रपथ भित्र जहाँबाट जहाँ पुगेपनि २० रुपैयाँ मात्र भाडा लिने र विद्यार्थीलाई ५ रुपैया छुट दिने योजना बनाएको छ।भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पे बाट तिर्न सकिने कम्पनीको भनाइ छ । गाडीमा उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर, ६ वटा सिसि क्यामरा, जिपिएस, एसी लगाएतको सुविधा छ भने गाडी कतैपनि रोकिएर यात्रु नपर्खने र अशक्तलाई निशुल्क यात्रा गराउने कम्पनीले जनाएको छ । कम्पनीले २ करोड ५० लाख खर्चेर ७ वटा चार्जिङ स्टेसन भित्राईसकेको छ।