समाचार

ट्रेन्डिङमा महरा र रोशनी देशको राजनीतिमा समेत प्रभाव

काठमाडौं, १५ असोज । देशभर तीनदिनयता सनसनीपूर्ण समाचार बनेको छ महरा-रोशनी जर्बजस्ती काण्ड । आइतबार साँझ निर्वतमान सभामुख कृष्णबहादुर महराले तीनकुनेस्थित डेरामा पुगेर आफूलाई जर्बजस्ती करणी गरेको आरोप रोशनी शाहीले लगाउँदै मिडियामा खबर बाहिर आएपछि यो विषय ट्रन्डिङमा छ ।

देशको राजनीतिमा समेत प्रभाव पारेको यो घटनामा रोशनीले सोमबार जुन आरोप बाहिर ल्याइन् त्यो एकै रातमा फरक प्रकारले आयो । उनले बयान मोडिन् ।

रोशनीले बयान मोड्नुअघि सभामुखको पदमा रहेका कृष्णबहादुर महराले राजीनामा दिइसकेका थिए । यदि रोशनीले किटानी जाहेरी दिएको भए महरा प्रहरी हिरासतमा पुग्थे । उनी हिरासत पुग्नबाट जोगिएपनि घटना सेलाएको छैन ।

रोशनीले बयान मोडेपछि सामाजिक सञ्जालमा महराको पक्षमा लेख्दै आएकी छिन् । घटनाबारे क्रिया प्रतिक्रिया आएको छ । महराका छोराहरुले सैन्य पोशाक लगाएर खिचेको तस्बिर सार्वजनिक गर्दै चेतावनीको भाषामा पोष्ट गरेका छन् ।

Related Articles

Back to top button